काठमाडौं। कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर पुर्वमा पहिचान पक्षधरले आन्दोलन गरिरहेका अवस्थामा घुम्न निस्केका एमाले अध्यक्ष केपी ओलीले आफूलाई आक्रमण गर्न खोजिएको र त्यसमा माधब नेपालका कार्यकर्ताको संलग्नता रहेको भन्ने भनाइप्रति नेकपा एकीकृत समाजवादी, झापा कमिटीले आपत्ति जनाएको छ।
शुक्रबार एकीकृत समाजवादी झापा कमिटी विज्ञप्ति जारी गर्दै ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो।
‘अहिले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर पुर्वमा पहिचानको मुद्दामा आवाज उठाइरहेको समयमा घुम्न निस्केका नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुलाई आक्रमण गर्न खोजिएको र त्यसमा माधब नेपालका कार्यकर्ताको संलग्नता रहेको भन्ने भनाई आपत्तिजनक छ’ झापा जिल्ला कमिटी संयोजक बेदराज रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पहिचानका लागि आन्दोलनरत पक्षले उठाएको आवाज र मागलाई उचित सम्बोधन गर्नुको साटो अनर्गल प्रचारबाजी गर्नु ओली जतिका नेतालाई नसुहाउने एकीकृत समाजवादीले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी पहिचानको मुद्दामा र अधिकारको विषयमा प्रष्ट छ । कुनै समस्या देखा पर्दा समाधानको उपाय खोज्नुको साटो पहिचानको विषयलाई विसयान्तर गर्ने, अरुलाई दोष थोपर्ने कदमबाहेक यो केही होइन । पहिचानको माग गर्नेलाई आतंककारीको संज्ञा दिनु राष्ट्रबिरोधीको लेप लगाउने केपी ओलीको गलत सोचको उपजको अभिव्यक्ति हो । तसर्थ, यस प्रकारका अनर्गल हल्ला नचलाउन र भ्रम नछर्न आग्रह गर्दै त्यस्ता कुराबाट सचेत रहन सबैमा अनुरोध गर्दछु ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: