काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सकारात्मक देखिएको छ।
आज बसेको केन्द्रीय समितिको बैठकमा साविककै मन्त्रालय पाए रास्वपा सरकारमा जाने भएको छ। उनले यसअघि गृह, शिक्षा, श्रम रोजगार मन्त्रालय पाएको थियो।
यसप्रति प्रधानमन्त्री समेत सकारात्मक रहेको रास्वपा महामन्त्री मुकुल ढकालले बताएका छन्। प्रधानमन्त्री समेत रास्वपालाई सरकारमा ल्याउने प्रयत्नमा छन्।
रास्वपासँगै प्रधानमन्त्रीको आँखा अहिले जनता समाजवादी पार्टी (जसपा) पट्टि पनि छ। प्रचण्ड जसपालाई पनि सरकारमा ल्याउने प्रयत्नमा रहेको स्रोत बताउँछ।
भर्खरै उपनिर्वाचनमार्फत बारा २ बाट उपेन्द्र यादवले चुनाव जितेका छन्। गएको मंसिर ४ को निर्वाचनमा हार व्यहोरेका यादवलले सत्ता गठबन्धनकै सहयोगमा यसपटक निर्वाचन जितेका हुन्।
यसले गर्दा जसपा सत्ता गठबन्धनप्रति सकरात्मक छ। यसअघि मन्त्रीपरिषद् विस्तारका क्रममा पनि जसपालेदुई मन्त्रालय पाएको थियो।
जसमध्ये एक मन्त्रालयमा मात्र जसपाले मन्त्री पठाएको छ। जसपाका संघीय अध्यक्ष अशोक राई अहिले शिक्षा मन्त्री छन्। अर्को मन्त्रालय प्रधामन्त्रीसँगै छ। यसले गर्दा उपेन्द्र सरकारमा जाने सम्भावना बढी रहेको बताइन्छ।
जसपाले पनि अहिले नै सरकारमा जानेबारे खुलाएको छैन। तर सत्ता गठबन्धनका दलसँग छलफल भइरहेको भने जसपा स्रोतको दाबी छ।
यसका साथै, मधेश प्रदेशको सरकार बचाउन पनि जसपा संघीय सरकारमा जान चाहन्छ। यदि संघीय सरकारमा नजाने र प्रतिपक्षमा बस्ने हो भने मधेशमा पनि विश्वासको मत सत्ता गठबन्धनले फिर्ता लिन सक्ने आशंका छ।
मधेशमा जसपाको सरकार छ। यसले गर्दा उपेन्द्र सरकारमा आउने सम्भावना बढी रहेको बताइन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: