Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ।

उक्त प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले पेश गरेका छन्। 

रास्वपामा ३९ जना केन्द्रीय सदस्य छन्। मंसिर ४ र वैशाख १० मा निर्वाचितसहित सांसदहरु २१ जना छन्।

केन्द्रीय सदस्यहरुमध्ये सभापति, उपसभापतिसहित ६ जना मात्रै अहिले सांसद छन्। 

सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्धवासिनी कंशाकार केन्द्रीय सदस्य हुन्। 

सांसदमध्ये एकजना इन्दिरा राना उपसभामुख छिन्। 

बाँकी १४ जना नेताहरुलाई केन्द्रीय सदस्य बनाउने प्रक्रिया अघि बढेको एक नेताले जानकारी दिए।

वैशाख १० मा तनुहँ क्षेत्र नम्बर १ बाट निर्वाचित अर्थविद् डा। स्वर्णिम वाग्ले कांग्रेसमै लामो समय काम गरेका नेता हुन्। 

यस्तै मनीष झा, विराजभक्त श्रेष्ठ, सन्तोष परियाार, हरि ढकाल, शिशिर खनाल पनि चर्चित नेता हुन्। 

उनीहरुलाई केन्द्रीय सदस्य बनाउन पार्टीभित्रै दबाब छ। योगयता र क्षमता भएकाहरुलाई अवसर दिनुपर्ने कुरा पार्टीमा उठेको छ।

यस्तै स्वास्थ्य राज्यमन्त्री भइसकेकी डा. तोषिमा कार्की, डा। चन्दा कार्की, निशा डागी, अशोककुमार चौधरी, असिम शाह, विनिता कठायत, लक्ष्मी तिवारी र शिव नेपाली पनि सांसद छन्।  

त्यही भएर रास्वपाले सोमबार गठन गरेका ३७ वटा विभागमा उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ। 

३९ जनामा नसमेटिएका १४ जना सांसदहरूलाई केन्द्रीय सदस्य बनाउने प्रक्रिया अघि बढाएको हो। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: