काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रायमाझी आफ्नो सम्पर्कमा नभएको स्पष्ट पारे।
पक्राउ पुर्जी जारी भएका रायमाझी ओलीको सम्पर्कमा रहेको भन्ने आरोपको खण्डन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषिउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको पनि बताए। उनले छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराए।
उनले भने, ‘मैले कडाइका साथ कारबाही गर्नुस् जो दोषि छन्, उपयुक्त ढंगले छानबिन गरेर कडाइका साथ कारबाही गरोस् सरकारले। र प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने यस्तो उस्तो नगरोस्। र निष्पक्ष ढंगले जो दोषि छन्। तिनीहरुलाई कारबाही गरोस् र निर्दोषलाई फसाउने प्रयास पनि नगरोस् त्यो कुरा मैले उहाँलाई भनेँ। हामी भ्रष्टाचार कसैले कुनै रुपमा गरोस्, त्यसलाई सहँदैनौँ। हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो नि।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८० - २०:४९
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउ...
जेष्ठ २३ गते, २०८० - २०:३४
काठमाडौं । पाँचदिन अघि सुनकोशी नदिनमा जिपसहित तीन जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी वेपत्ता भएकोमा २ जनाको शव र ...
जेष्ठ २३ गते, २०८० - २०:१७
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सात...
जेष्ठ २३ गते, २०८० - २०:१४
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकू...
जेष्ठ २३ गते, २०८० - १९:५३
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री राजकुमार...
जेष्ठ २३ गते, २०८० - १९:११
जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द...
जेष्ठ २३ गते, २०८० - १९:१०
काठमाडौं । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा...
जेष्ठ २३ गते, २०८० - १९:०६
काठमाडौं । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्र...
जेष्ठ २३ गते, २०८० - १८:४७
काठमाडौं । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का वडा अध्यक्ष सब्दुल मियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुससहित...
जेष्ठ २३ गते, २०८० - १८:४१
फैजाबाद । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन...
प्रतिकृया लेख्नुहोस्: