Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बन्दका कारण राजस्व सङ्कलन प्रभावित

\"paisa\"धनगढी । लगातारको बन्दका कारण मालसामानको आयात–निर्यात हुन नसक्दा कैलाली भन्सार कार्यालयले साउन महिनामा लक्ष्यमुताबिक राजस्व सङ्कलन गर्न नसकी करिब रु १५ लाख गुमाएको छ । साउन महिनाभर रु ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको भए पनि बन्दका कारण राजस्व सङ्कलन हुन नसकेको भन्सार कार्यालयका अधिकृत मानप्रसाद विकले बताए । ‘बन्द भएको गएको दश÷बाह्र दिनमा दैनिक सङ्कलन हुनुपर्ने राजस्व सङ्कलन हुन सकेको छैन, उनले भने – ‘व्यापारिक सामानको आयात निर्यात ठप्प भएको छ ।’ सुदूरपश्चिममा राजस्व सङ्कलन गर्ने प्रमुख नाका कैलाली भन्सार कार्यालयले चालु आवमा १ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । गत आवमा रु एक अर्ब ८२ करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा कम एक अर्ब ५१ करोड राजस्व सङ्कलन गर्न सकेको थियो । पेट्रोलियम पदार्थको मूल्य घट्नु, विगतका वर्षहरुको तुलनामा भारतीय सिमेन्टको आयात कम हुनु र गिट्टी बालुवाको भारत निकासी बन्द हुनुलगायतका कारण गत आवमा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको विकले बताए । कैलाली भन्सार हुँदै आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, सिमेन्ट, हार्डवेयरका सामान, चामल, मेसिनरी सामानलगायत छन् । यस्तै रोजिन, कत्थालगायतका वस्तु निकासी हुने गरेका छन् । यता लगातारको बन्दले जिल्लाभरि दैनिक करिब १० करोडको व्यापारिक कारोबार ठप्प भएको कैलाली उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष गजराज पाण्डेयले बताए । बन्दबाट जिल्लाको पश्चिमी क्षेत्रभन्दा पूर्वी क्षेत्रको व्यापार व्यवसायमा बढी असर पुगेको छ । सबैभन्दा बढी यातायात व्यवसाय प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर सबैतिर परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies