काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना गल्ती हत्पती स्वीकार्दैछन्।
उनी जिद्दी स्वभावका नेतामा दरिन्छन्। तर पछिल्ला घटनालाई लिएर उनी रक्षात्मक बन्न पुगेका छन्। गएको मंसिर ४ को निर्वाचनमा बहुमत नआउनुको कारण पनि आन्तरिक कारण प्रमुुख रहेको औल्याएका छन्। आजबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले
अपेक्षाकृत नतिजा नल्याउनुमा आन्तरिक र बाह्य चार कारण औँल्याएका छन् ।
एक्लै बहुमत ल्याउने दाबीसहित चुनावमा होमिएको एमालेलाई सबैभन्दा भारी कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन बन्न पुगेको थियो।
त्यसबाहेक पार्टीभित्र देखा परेका व्यक्तिवादी प्रवृत्ति, विकृति, संगठनात्मक शिथिलता र अराजकता महत्त्वपूर्ण कारण रहेको अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा औँल्याएका छन् ।
प्रत्येक वडामा कुल मतदाताको अनुपातमा कम्तीमा ३ प्रतिशत सदस्य कार्ययोजना सफल हुँदा एमालेको मिसन १५० पूरा हुने उसको रणनीति थियो ।
३१ वैशाख २०७९ को स्थानीय तहको निर्वाचनमा पाएको ३४ दशमलव लोकप्रिय मतमा ६ प्रतिशत वृद्धि गरे बहुमतनजिक पुगिने लक्ष्य राखेको अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । तर, आम निर्वाचनमा लोकप्रिय मत करिब २८ प्रतिशतमा मात्र सीमित हुँदा मिसन असफल भएको उनले बताएका छन् ।
‘कम्तीमा पनि सबैभन्दा ठूलो दलका रूपमा सरकारको नेतृत्व गर्दै मुलुकलाई सही दिशा दिने हाम्रो अपेक्षा थियो । तर, परिणाम त्यसअनुरूप आउन सकेन,’ केन्द्रीय कमिटीमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यसमा तत्कालीन सत्ता गठबन्धनले खडा गरेका घेराबन्दी, षड्यन्त्र, दुष्प्रचार र आक्रमणको भूमिका त छ नै । तर, पार्टीभित्र देखापरेका व्यक्तिवादी प्रवृत्ति, विकृति, सङ्गठनात्मक शिथिलता र अराजकता महत्त्वपूर्ण कारणका रूपमा रहेका छन् ।’
चुनावी प्रचारमा एमालेले एकल बहुमतको दाबी गरिरहँदा प्रतिस्पर्धी पार्टीहरू र विश्लेषक मात्र होइन, अगुवा कार्यकर्ताले नै पत्याएका थिएनन् ।
एमाले नेतृत्व भने निर्वाचनमा ‘प्रत्येक पार्टी सदस्यसँग एउटै अपेक्षा, दुई मतको वृद्धि गर्नुः पाँच मतको रक्षा’ भन्ने आह्वान गरेकाले आशावादी थियो । तर, त्यो लक्ष्य पूरा हुन नसकेको ओलीले स्वीकारेका छन् ।
बाह्यभन्दा ज्यादा आन्तरिक कारणले पार्टीले पराजय ब्यहोरेको ओलीको चुनावी समीक्षा छ ।
‘कतिपय कमिटीहरू क्रियाशील नै नभएको र जनसम्बन्धबाट टाढिएको, कतिपय आकाङ्क्षीहरू आफूले उम्मेदवारी नपाउनेबित्तिकै असमझदारी, असहयोग र अन्तर्घातसम्म गर्ने र विपक्षीसँग साँठगाँठ गर्ने प्रवृत्ति देखापर्यो,’ उनले भनेका छन् ।
पूर्वउपाध्यक्ष एवं असन्तुष्ट नेता भीम रावल र पूर्वउपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै उनले भनेका छन्, ‘हिजोसम्म पार्टीको माथिल्लो ओहोदामै रहेका कतिपय नेताहरू पार्टीविरुद्धको षड्यन्त्रमा संलग्न भए । त्यसले स्थापित विचार र सिद्धान्त, पार्टीले सरकारमा हुँदा हासिल गरेका महत्त्वपूर्ण उपलब्धि एवं पार्टीका संकल्प र प्रतिबद्धताहरू जनताबीच प्रचार गर्ने र समाजमा स्थापित गर्ने काम प्रभावकारी हुन सकेन ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: