काठमाडौँ ।अनेक गरेर सदावहार चर्चामा आउने राजनीतिज्ञ हुन्, धरानका मेयर हर्क साम्पाङ। सामाजिक अनेकथोक लेखेर होस् वा श्रमदान गराएर होस्। उनी सधै मिडिया र सामाजिक सञ्जालमा छाइरहन्छन्।
यसअघि वडाध्यक्षहरु नै उनीविरुद्ध मोर्चाबन्दी गरेरका थिए। कार्यापालिका बैठकमा बोल्न नपाएको भन्दै मेयरविरुद्ध वडाध्यक्षहरुले खबरदारी नै गरेका थिए।
अहिले पनि वडाध्यक्षहरुको आन्दोलन स्थगित भएको छैन। ताकि, केही ओझेलमा परेको छ।
अहिले पनि मेयरविरुद्ध धरानमा आन्दोलन जारी छ। तर पत्रकारहरु। सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् ।
मेयर साम्पाङको अभिव्यक्ति र व्यवहारले आफूहरू असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
शुक्रबार महासंघले मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारहरुको बिरोध गर्न आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाउँदै आफूहरूको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएको छ ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर मेयर साम्पाङबाट आफूहरूको सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।
सामाजिक सञ्जालमा समेत मेयर साङपाङले आफूहरू विरुद्ध आफ्ना सकर्थकहरुलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरूले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताए ।
उनले भने, ‘फेसबुकबाट व्यक्त गर्ने विचारहरूले हामीप्रति उहाँले आफ्ना कार्यकर्ताहरूलाई उक्साई रहेको छ भन्ने हाम्रो ठम्याई हो । त्यो कारणले हामी यहाँ असुरक्षित छौँ । यो असुरक्षालाई तपाईँहरूको तर्फबाट सम्बोधन गरिनु पर्छ । हामी असुरक्षित भयौँ।'
साम्पाङ सस्तो लोकप्रियतामा रमाउँछन्। उनी सामाजिक सञ्जालमार्फत आफ्ना विपक्षीलाई सदाबहादर गनली गरिरहन्छन्। उनी यस्तै कुराले विवादित भइरहन्छन्।
मेयर साम्पाङ विरुद्धको पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यबद्धता जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: