Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

संयोगमा सत्ता छाड्दा 'चुक्चुकाइ' रहेका रवि

टिप्पणी

खबरडबली संवाददाता

काठमाडौं।  उपनिर्वाचनबाट निर्वाचित भएलगत्तै रवि लामिछाने एकाएक सरकारबाट बाहिरिने निर्णयमा पुगे।

सरकारबाट मन्त्री फिर्ता लिए पनि सरकारलाई दिएको समर्थन भने त्यसबेला सम्म रहेको थियो। तर वैशाख १० को निर्वाचनपछि भने तत्काल लामिछाने समर्थन फिर्ता लिने मोडमा पुगे।

त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुइभागमा विभाजित थियो। कि सरकारमा जानुपर्ने कि प्रतिपक्षमै बस्नुपर्ने। रविले त्यही निर्णय गरे। जुन कारण पार्टी प्रतिपक्षमै बस्यो। त्यसबेला रास्वपाले सत्ता छाडेकामा धेरै प्रश्न नै गरे।

अखिर रविले किन सरकार छाडे?। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारको कुराकानीमा लामिछानेलाई सरकारमा आउन अनुरोध गरेका थिए।

यसअघि पनि रास्वपा सरकारमै थियो। गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री भएलगत्तै रास्वपा सरकारमा गयो। लामिछाने उपप्रधानमन्त्रीसहित गृहको जिम्मेवारीमा थिए। तर सर्वोच्च अदालतले उनको नागरिक अवैध भएको ठहर गर्दै अनगारिक भएको फैसला गर्यो।

त्यही कारण लामिछाने सरकार छाड्न बाध्य भए। त्यही झ्वाकमा लामिछानेले पार्टीका अन्य मन्त्रीपनि फिर्ता बोलाए। रास्वपाले गृहसहित श्रम रोजगार मन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएको थियो।

लामिछानेले तत्काल नागरिकता बनाएर सत्तामै फर्किन चाहन्थे। तर सत्ता गठबन्धनमा सहमति नभएपछि आवेशमा आएर अन्य मन्त्री पनि फिर्ता बोलाए।

गत वैशाख १० निर्वाचनमा लामिछाने भारी मतसहित चितवन २ बाट निर्वाचित भए। त्यसपछि भने लामिछानेलाई प्रधानमन्त्रीले सरकारमा आउन प्रस्ताव गरे। तर रवि गएनन्।

लामिछानेले जब सत्ता छाडे त्यसपछि भने सरकारले उल्लेखीय काम गरिरहेको छ। रास्वपाले समर्थन फिर्ता बोलाएबाटै नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले काम गरिरहेको छ। यसमा सरकारको सही कदमको चौतर्फी प्रशंसा भइरहेको छ। तर तिनै लामिछानेलाई भने यसबेला चुक्चुकाउनु परेको छ।

यदि रास्वपा सरकारमा गएको भए सम्भवतः गृहमन्त्री नै बन्थे। लामिछानेलाई साविककै मन्त्रालय दिन प्रधानमन्त्री समेत सकारात्मक रहेको रास्वपाले बताइरहेको थियो।

अहिले गृह मन्त्रालय मार्फत नै नक्कली भुटानी शरणार्थीमा धेरै काम भइरहेको छ। यसको जस सरकार र माओवादी केन्द्रले पाउने निश्चित छ। शरणार्थी प्रकरणमै पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन्।

एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पनि पक्राउ पुर्जी जारी भइसकेको छ। यद्यपि, उनी फरार छन्। यसका साथै दर्जन बढीको अनुसन्धान भइरहेको छ। तर लामिछाने भने यसको समेत अहिले फादा लिन चाहिरहेका छन्।

एककिसिमले उनी सरकारबाट बाहिरिनुपर्दाको मूल्य चुकाइरहेका छन्। गएको शनिबारबाटै लामिछाने माइतीघर पुगेर ठूला नेता पक्राउ पर्नुमा आफ्नो हात रहेको बताएका थिए। यसमा लामिछाने आलोचित छन्।

उनले यो मामिलामा जस लिन खोजेकोमा प्रतिक्रिया पनि पाइरहेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जनताले मत दिएको सडकमा बस्न नभई काम गर्नका लागि हो भनिसकेका छन्।

भ्रष्टाचारविरोधी अभियानकी एक अभियानकर्ता भावना राउत पनि रविले यो अभियानमा सडकमा आउनु नहुने बताउँछिन्। उनी लामिछानेले सदनबाटै यसकालागि खबरदारी गर्नुपर्ने बताइरहेका छिन्। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy