Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

कर्णाली पुलभन्दा माथि पानी बग्छ, तर्ने कसरी ?

बाजुरा । बाजुरा जिल्लाको पूर्वीत्तर क्षेत्रका कर्णाली नदीपारीका गाविसलाई सदरमुकाम मार्तडीसँग जोड्ने लिपुचौर कर्णाली पुल समयमा मर्मत नहुँदा दिनानुदिन धरापमा परिणत हुने खतरा बढेको छ । विसं २०३४ मा निर्माण भएको झुलुङ्गे पुलको जगन्नाथ गाविससँग जोडिएको तिरको जग पूरै कटान भएको छ भने कर्णालीपारीको क्षेत्रमा समेत बर्सेनि कटान गरिरहेको वाई गाविस–८ छापुका गङ्गा गिरीले बताए । यस वर्षसमेत पानीको बहाब बढेसँगै आवतजावत गर्न समस्या भएको छ । त्यस पुलको प्रयोग गरी सदरमुकाम आउने वाई, जुकोट, साप्पाटा गाविसका जनताको एकमात्र प्रवेशद्वारको पुल यसरी जीर्ण हुँदासमेत कसैको ध्यान नगएको जुकोट गाविसका स्थानीय अगुवा नरजंग शाहीको गुनासो छ । स्थानीय भद्धा गिरी, मनिजङ्ग शाहीलगायतको पहलमा निर्माण भएको कर्णाली पुल पुनःनिर्माण हुन नसक्दा त्यहाँका जनतालाई आवतजावत गर्नसमेत सास्ती भएको जुकोट–२ का दलबहादुर शाहीले बताए । “हामी सानै थियौँ कर्णाली पुल बनाएको हो आजभोलि हामी वृद्ध भइसकेका छौँ हाम्रा पुर्खाले बनाएको कर्णाली पुल पुरानो भइसकेको छ ।” उनले भने  “दिनहुँ जीर्ण बन्दै गएको छ । निर्माण कार्यका लागि भने कुनै पनि निकायले पहल गरेको छैन यो पुल नभए हामी त कर्णाली वारीका भयौँ ।” सोमबार सदरमुकाम आएर घर फर्केका साप्पाटा–३ का सतल विकले भने, “केही दिनअघि पानी कम थियो आज निकै पानीको बहाव बढेकाले पुलमा जान पनि निकै समस्या भएको छ, हुम्ला कर्णाली र मुगु कर्णाली बढेर आएको छ माथिबाट ठूलाठूला रुख बगाएर ल्याउँदा सबै कर्णाली पुलमा अट्किने गर्दा पुललाई नै भार हँुदा पुलका लडाहरु चुँडिन थालेका छन् ।” “आजभोलि पुलभन्दा माथिबाट पानी बगिरहेको छ । हामीहरुलाई आवतजावत गर्न निकै सास्ती भएको छ । हामी त जेनतेन वारपार गरी रहेका छौँ तर सानासाना बालबालिका र महिलालाई भने झनै सास्ती हुने गरेको छ ।” विकले भने । कर्णालीमा पानीको बहावसँगै नदी कटान हुन थालेपछि कर्णाली आसपासमा होटल व्यवसाय गर्दै आएका स्थानीय व्यापारी तथा सर्वसाधारण व्यापार छोडी माथिल्लो क्षेत्रतिर जान थालेको कर्णालीमा लामो समयदेखि व्यापार गर्दै आएका गोरख गिरीले बताए । कर्णाली पुल दिनहुँ जीर्ण बन्दै जाँदा स्थानीयवासीलाई भने सामान्य दैनिक उपभोग्य सामान लिन कोल्टीमा आउनसमेत डराउन थालेका छन् । केही वर्ष पहिलेमात्र सामान्य तटबन्धन गरिए पनि सबै तटबन्धन बाढीले बगाएपछि पुल झनै जीर्ण बनेको पुल हेराला पाण्डव गिरीको भनाइ छ । उनले थपे “यो कर्णाली पुलकाबारेमा पटकपटक जिल्लामा आवाज उठाएका छौँ तर कुनै पनि निकायले वास्ता गरेका छैनन् । नेताहरु आफ्नै काम गर्न मात्र व्यस्त छन् । टुक्राटुक्री योजना मात्र बनाउँछन् ।” जगनाथ गाविसका जङ्गबहादुर विष्टले दुखेसो गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending