Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

रविको राहदानी सम्बन्धमा प्रशासनले दिएन ' चित्त बुझ्दो' जवाफ

खबरडबली संवाददाता

काठमाडौँ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा [प्रमाण] बारे आफ्नै पुरानो जवाफमा बाझिने गरी पत्र पठाएको छ।

युवराज पौडेल सफलको निवेदनअनुसार सर्वोच्च अदालतले गत वैशाख २७ गते जिल्ला प्रशासनलाई पत्र लेख्दै रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण माग गरेको थियो।

सर्वोच्चको उक्त पत्रको जवाफ दिँदै गत माघ १५ गते पुरानै नम्बरसहितको नेपाली नागरिकता पुनर्प्राप्ति गर्ने क्रममा रविले अमेरिकी नागरिकता त्यागेको निस्साबारे विरोधाभाषपूर्ण जवाफ दिएको हो। 

प्रशासनका कानुन अधिकृत सानोबाबु श्रेष्ठले यही जेठ ३ गते सर्वोच्चलाई लेखेको जवाफमा उक्त कुरा आफ्नो  कार्यालयसँग सम्बन्धित नरहेको बताएका छन्। 

‘प्रस्तुत विषयमा सम्मानित अदालतको चलानी संख्या ४३३९० मिति २०८०/१/२७ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो। तत् सम्बन्धमा निवेदक युवराज पौडेल सफल र विपक्षी महान्याधिवक्ता कार्यालय काठमाडौंसमेत भएको उत्प्रेषण [मुद्दा नं। ०७२/ध्इ/१०८७० को रिट निवेदनमा प्रत्यार्थी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा माग भएको हुँदा उक्त राहदानी त्यागसम्बन्धी निस्सा यस कार्यालयसँग सम्बन्धित नरहेको व्यहोरा सादर अनुरोध छ’, जवाफमा भनिएको छ। 

निवेदक पौडेलको निवेदनका आधारमा सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, बबरमहल र अध्यागमन विभाग, कालिकास्थानलाई पत्र लेख्दै निस्सा ९प्रमाण० उपलब्ध गराउन भनेको थियो।

‘निवेदक युवराज पौडेल सफल र प्रत्यार्थीरविपक्षी महान्यायाधिवक्तको कार्यालय रामशाहपथ काठमाडौ समेत भएको उत्प्रेषण समेत विषयको रिट निवेदनमा मिति २०७९/१२/२२ मा प्रस्तुत मुद्दाका प्रत्यर्थी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भएपनि झिकाई पेश गर्नु भनी भएको आदेशनुसार प्रस्तुत पत्र लेखिएको छ,’ सर्वोच्चको पत्रमा भनिएको थियो।

उता अध्यागमन विभागले कालिकास्थानले पनि रविले अमेरिकी नागरिकता त्यागेको निस्सासम्बन्धी व्यहोराको घुमाउरो जवाफ दिएको छ। 

विभागले गत पुस २६ गते नै सक्कलै कागजात ८ प्रति पठाइएको जनाएको छ।

‘प्रस्तुत विषयमा तहाँ सम्मानित सर्वोच्च अदालको च।नं। २४०२४, मिति २०७९ र ०९ र २४ ९ मुद्दा नं।/०७९/ध्ऋ।००३५० को प्राप्त पत्रानुसार सक्कल कागजात पठाइदिने व्यहोराको पत्र यस विभागको च।नं। ९११ मिति २०७९/०९/२६ को पत्र साथ सक्कलै कागजात पाना थान-८ पठाइसकिएको र अदालतबाट पुनस् यस विभागमा फिर्ता नपठाइएको व्यहोरा सादर अनुरोध छ’, विभागका अध्यागमन अधिकृत सन्देशप्रसाद जोशीले भनेका छन्।

यसअघि गत चैतमा पनि सर्वोच्च अदालतले निस्सा झिकाउन आदेश दिएको थियो। तर उक्त निस्सा प्रशासन र अध्यागन दुवैले अदालतलाई बुझाउन सकेका थिएनन्। त्यसबेला न्यायाधीश हरि फुयालको एकल इजलासले रविले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय जहाँ भए पनि झिकाउन आदेश दिएको थियो। 

'प्रत्यर्थी रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भएपनि झिकाइ नियमानुसार पेस गर्नू,' आदेशमा भनिएको थियो। 

तर त्यसपछि गत वैशाख ८ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सर्वोच्चलाई लेखेको पत्रमा रविले अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेको दाबी गरेका थिए। 

राहदानी दुरूपयोगमा मुद्दामा सर्वोच्च अदालतलाई लेखेको लिखित जवाफमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले लामिछानेलाई कानुनको तोकेको सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्रै नागरिकता दिइएको उल्लेख गरेका थिए।

‘रवि लामिछानेले विदेशी मुलुकको नागरिकता त्याय गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा निवेदनसाथ पेश भएबाट निज रवि लामिछानेलाई नेपाल नागरिकता ऐन, २०६३ को दफा ११, नेपाल नागरिकता नियमावली २०६३ को नियम ११ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ को बुँदा नं। ३१ बमोजिम कानूनले तोकेको पूरा भएबाट साविककै नागरिकताको विवरणसहितको नेपाली नागरिकता प्रदान गरेको’, उपाध्यायले त्यसबेला भनेका थिए। 

तर अहिले आएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले नै रविको राहदानी त्यागसम्बन्धी निस्सा आफूमातहतको विषय नभएको जवाफ दिएको हो। 

सर्वोच्चले निस्सा त्यागेको प्रमाण पेस गर्न भने पनि प्रशासनले उक्त विषय आफ्नो कार्यालयसँग सम्बन्धित नरहेको जवाफ दिएर पुरानो जवाफको खण्डन गरेको हो। 

माघ १५ गते अमेरिकी नागरिकता त्यागेको निस्सा नै नबुझाई नेपाली नागरिकता पुन: सक्रिय गराएको भन्दै पौडेलले रिट हालेका थिए। तर जिल्ला प्रशासन र अध्यागन विभाग दुवैले रविले अमेरिकी नागरिकता त्यागेको निस्सा सर्वोच्चलाई नबुझाएका हुन्। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy