Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

बन्दले जनजीवन कष्टकरः दैनिक पाँच करोडको व्यापार घाटा

\"Nepalनेपालगन्ज । एक सातादेखि बाँके जिल्ला अनिश्चितकालीन बन्द गरिएपछि यहाँका नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ । विशेषतः सीमाङ्कनका विरोधमा संयुक्त थरुहट, मधेस सङ्घर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव सबैभन्दा बढी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा परेको छ । सोमबारसम्म समितिले जिल्ला बन्द गरेको थियो भने आजदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराईका सबै जिल्ला बन्द गर्ने निर्णयले नागरिकको कष्टमाथि झन् कष्ट थपिएको छ । ‘बन्द नगरेर पनि त आन्दोलन गर्न सकिन्छ नि, जनतालाई दुःख दिएर गरिएको राजनीतिले मुलुक र जनताको हित गर्न सक्दैन’ – नेपालगन्ज– १७ का कल्पना पाठकको गुनासो छ । बन्दका कारण जिल्लाको सहर र सहर नजिकका क्षेत्रमा बसोबास गर्नेहरु त जेनतेन अस्पतालमा पुग्न सके पनि ग्रामीण क्षेत्रका बिरामी सार्वजनिक तथा निजी यातायात सञ्चालन हुन नसक्दा रोगले दिने कष्ट सहेर बस्नाको विकल्प छैन । बन्दले विद्यार्थीको शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।  बन्दकर्तासँग विद्यालय खोल्ने विषयमा सहमतिको प्रयास भए पनि त्यसले सार्थकता पाउन नसकेको प्याब्सन र एनप्याब्सनका पदाधिकारी बताउँछन् । बन्दले जिल्ला सदरमुकाम नेपालगन्जमा खाद्यान्न तथा दैनिक उपभोगका सामग्रीको पनि अभाव सिर्जना हुँदै गएको र दैनिक ५ करोड बढी व्यापार घाटा भइरहेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बताउछन् । जिल्ला बन्दको सबैभन्दा बढी प्रभाव लामो र छोटो दूरीका सार्वजनिक यातायातमा परेको छ । बन्दका कारण नेपालगन्जबाट बाहिर जाने र भित्रिने कुनै पनि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्, जसका कारण ठाउ ठाउँमा यात्रु बिचल्लीमा परेका छन् । जिल्लाको प्रमुख सहर नेपालगन्जमा भने बन्दको आंशिक प्रभाव परेको छ । सहरमा रिक्सा, टाँगा र  मोटरसाइकल निर्बाध चलेका छन् भने केही साना ठूला पसल खुलेका छन् । बन्दका कारण यहाँका शिक्षण संस्था, उद्योग र  कलकारखाना भने सञ्चालनमा आउन सकेनन् । बन्दका क्रममा अप्रिय घटना हुन नदिन जिल्लाका मुख्य मुख्य स्थानमा प्रहरीको कडा सुरक्षा व्यवस्था गरिएको छ ।  सामाजिक सद्भाव कायम राख्न बन्दकर्तासँग पटक पटक छलफल हुने गरेको प्रजिअ वेदप्रसाद लेखकले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy