मलेखु । धादिङको गल्छी गाउँपालिका–८ गल्छीका विनोद थापामगरको आफन्त र स्थानीयले धादिङवेसीमा प्रदर्शन गरेका छन् । गल्छीकै शानदार होटलमा खाजा खान गएका विनोदको क्रुर हत्यामा संलग्नलाई आजीवन जेल सजायको माग राख्दै पीडितका परिवार र आफन्तले प्रदर्शन गरेका हुन् । हत्याराको अवैध सम्पत्तिको छानबिन गर्न माग गरेका छन् ।
हत्यामा संलग्न भएको आरोपमा गल्छीकै शानदार होटलका सञ्चालक सरस्वती पनेरु पण्डित, उनका छोरा नीरज र पाल्पा तानसेन नगरपालिका–१४ घर भई हाल गल्छी–८ बस्दै आएका ३० वर्षीय किरण राना पक्राउ परेका छन् । उनीहरु तीनै जनामाथि अनुसन्धान जारी छ ।
नेपाल मगर सङ¬्घको अगुवाइमा भएको प्रदर्शनपछि उनीहरुले धादिङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । अनुसन्धानको क्रममा पीडकले प्रहरी प्रशासन र अदालत आफ्नो पक्षमा पार्न सक्ने आशंका उब्जनी भएकाले दबाब स्वरुप प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाइएको गल्छी गाउँपालिकाका वडाध्यक्ष विशाल लुङ्गेली मगरले बताउनुभयो । ‘मान्छे मार्न पाइँदैन, आजीवन कारावासको सजाय गर, कानुनी राज्यको प्रत्याभूति गर’ लगायतका प्लेकार्डसहित नारा जुलुस गरेका थिए ।
शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गत वैशाख २८ गते राति विनोद विभत्स हत्या भएको थियो । पीडितका आफन्तले हत्यामा संलग्न भएको आरोपमा प्रहरी अनुसन्धानमा रहेका होटल सञ्चालक पण्डित, उनका छोरा नीरजमाथि मानव बेचविखन तथा ओसारपसार र देहव्यापारको अभियोगमा मुद्दा दर्ता गराएका छन् ।
पीडितको ज्ञापनपत्र बुझ्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले घटना भए लगत्तैदेखि आफूले नजिकबाट बुझिरहेको जनाउँदै घटनामा संलग्नलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनेमा विश्वस्त रहन पीडितका परिवार र आफन्तलाई आग्रह गर्नुभएको छ ।
–––
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: