Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८० आईतवार | 1st October, 2023 Sun

शहीद परिवारको गुनासो– गणतन्त्र कार्यान्वयन फितलो भयो

खबरडबली संवाददाता

भरतपुर । गणतन्त्र दिवस २०८० का अवसरमा गणतन्त्र दिवस समारोह समिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेका सहिद सम्मान कार्यक्रममा सहिद शिव पौडेलकी पत्नी तथा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेललाई सम्मान गरिँदै । तस्बिर स् सनद अधिकारीररासस
चितवन– गणतन्त्र प्राप्तिपछि आम नागरिकले गरेको अपेक्षाअनुसार काम अझै हुन नसकेको शहीद परिवारले गुनासो गरेका छन् ।

आफ्ना परिवारका सदस्यले परिवर्तनका लागि गरेको त्यागको प्राप्त आम नेपालीले पाउनुपर्ने उनीहरुको भनाइ छ । परिवारले जस्तोसुकै पीडा भोग्नुपरेको भए पनि देशको परिवर्तन मूल उद्देश्य हुनुपर्नेमा उनीहरुको जोड छ ।

द्वन्द्वकालमा श्रीमान् गुमाएकी भरतपुर महानगरपालिका–२० की सङ्गीता भट्टराई आफ्ना पतिले गणतन्त्र प्राप्तिका लागि बलिदानी दिएको बताइन् । गणतन्त्र जुन उद्देश्यका साथ स्थापना भएको छ त्योअनुसार कार्यान्वयन गर्ने पाटोमा अघि नबढेको उनको गुनासो छ ।

उनले भनिन्, “देशका बुद्धिजीवी, कर्मचारीको सोचाइ अझै पुग्न सकेको छैन । परम्परागत सोचाइका कारण गणतन्त्र कार्यान्वयनमा समस्या छ ।”

बलिदान दिने परिवारका तर्फबाट अपेक्षा र स्वार्थ केही नभएको भन्दै उनले भनिन्, “जुन उद्देश्यका साथ गणतन्त्र स्थापना भयो । सामान्य जनताको छोरो पनि देशको शासन गर्ने ठाउँमा पुग्यो ।”

आफ्नो भावना, पीडा सबै व्यक्त गरेर गणतन्त्र स्थापना गरेको भन्दै शहीद स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएकी भट्टराईले भनिन्, “कार्यान्वयन गर्ने निकायले सही ढङ्गले कार्यान्वयन नगर्दा अपेक्षा गरेअनुसारको कार्यान्वयन हुन सकेन ।”

पूर्वी चितवनको वीरेन्द्रनगरकी अरणा कँडेलले विसं २०४६ को आन्दोलनमा आफ्नो बुबा गुमाएकी थिइन् । जुन अपेक्षाअनुसार परिवर्तनका आन्दोलनमा सहभागिता जनाउनुभयो त्यो अहिले नभएको उनको गुनासो छ । उनले प्रश्न गरिन्, “देशमा नै समस्या भइरहेको समयमा अहिले के अपेक्षा पूरा हुने रु”

जनताले परिवर्तनको महसुस गर्न नसकेको भन्दै उनले अत्यावश्यक वस्तुको मागसमेत पूरा गर्न कठिन भएको समयमा गणतन्त्र कार्यान्वयन झन फितलो बन्दै गएको बताइन् । उनले भनिन्, “कार्यान्वयनको पक्ष बलियो हुन जरुरी छ । जनताले सहजरुपमा सेवा पाउन सके त्यो कार्यान्वयनमा आउने थियो ।” 

सशस्त्र द्वन्द्वमा छोरा गुमाएका माडीका दण्डपाणि पौडेलले गणतन्त्र राजनीतिक परिवर्तन भए पनि आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको गुनासो गरे । जनताले आजभन्दा भोलि झन समस्या झेलिरहेको बताउँदै उनले भने, “अहिले गणतन्त्र कार्यान्वयनका चरणमा राज्यले दायित्व लिएर अघि बढ्नुपर्छ ।”

समय अनुकूल परिवर्तनलाई महसुुस हुने गरी काम गर्न नसकेको उनले बताए ।

माडीकै नरमाया सुनारनीले बाँदरमुढे घटनामा श्रीमान् गुमाएकी छन् । उनले भनिन्, “राज्यले परिवर्तनको अनुभूति दिन सकेन”, पीडितले न्याय पाउन नसकेको भन्दै उनले भनिन्, “पीडितले न्याय र नागरिकले गणतन्त्रको अनुभूति पाउनुपर्छ ।” आम नागरिकले अनुभूति पाउने गरी काम हुनुपर्नेमा शहीद परिवारको जोड छ ।

आफ्ना आफन्त गुमाउँदै गर्दाको भन्दा पनि देशमा सोचेजस्तो परिवर्तन नभएका उनीहरुको चिन्ता छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टित...

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं।  सरकार र चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति&#...

प्रधानमन्त्रीलाई माधव नेपालको पत्र– गम्भीर कदम नचाले परिस्थिति झन् खराब हुनसक्छ

काठमाडौँ। सत्तारुढ नेकपा एकीकृत समाजवादी वर्तमान चौतर्फी संकटप्रति सचेत रहन ध्यानाकर्षण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाए...

एमालेको कर्णाली नेतृत्व छान्न भोलि मतदान

काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि भोलि ९आइतबार० मतदान गरिने भएको छ । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्...

पाकिस्तानलाई हराउँदै भारतले जित्यो यु–१९ साफ च्याम्पियनसिपको उपाधि

काठमाडौँ। पाकिस्तानलाई ३–० ले पराजित गर्दै भारतले तेस्रो पटक साफ यू–१९ च्याम्पियन बनेको छ । मालिङथन किप्गेनको २ गोल र गोगमसर गोयारीले अन्तिम समयमा ...

विश्वकीर्तिमानी नेपाली क्रिकेट टोलीलाई पूर्वराजाको बधाई

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा  नेपाली क्रिकेट ...

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न...

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फिर्ता भएका छन्। अध्यक्ष लिङ्देन पार्टीसम्बद्ध प्रवासी नेपाली ए...

भारत र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौँ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ यू–१९ च्याम्पियनसिपको उपाधि भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।  भारत र पाकिस्तानबीच ...

एमाले कोशी अधिवेशन : अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी दर्ता

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन्। रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति प्य...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending