बालासोर । भारतस्थित उडिशा राज्यको बालासोरमा द्रुत गतिमा हुँइकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ६१ पुगेको छ भने नौ सय जनाभन्दा बढी यात्री घाइते भएका छन् ।
दक्षिणपूर्वी रेलवेका अनुसार घाइते यात्रुहरूलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पताल भर्ना गरिएको छ । दुर्घटनास्थलमा उद्धार कार्य पूरा भएको र पुनःस्थापनाका काम जारी छन् ।
शुक्रबार बिहान सात बजे बालासोर जिल्लाको बहानागा बजार स्टेशनमा बेङ्गलुरु–हावडा सुपरफास्ट एक्सप्रेस, कोरोमण्डल एक्सप्रेस र मालवाहक रेल ठोक्किएका थिए । दुर्घटनामा यात्रुवाहक दुई वटा रेलका १७ वटा डिब्बा पटरीबाट बाहिर धेरै पर पुगेका छन्, गम्भीर रूपमा क्षतिग्रस्त भएका डिब्बाबाट त्यहाँ फसेका सबैलाई उद्धार गरिएको छ ।
केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव आफैँ पुनःस्थापनाको निरीक्षणमा हुनुहुन्छ । रेलवे बोर्डका अध्यक्ष, स्वास्थ्य सेवा विभागका महानिर्देशक घाइते यात्रुहरूको उपचारको निगरानी गरिरहेका छन् भने अन्य सबै वरिष्ठ सरकारी अधिकारीहरू अस्पतालहरूमा घाइते यात्रुहको हेरचाह एवम् समन्वय गरिरहेका छन् ।
दुर्घटनास्थलमा औषधिसहित प्यारामेडिकल स्टाफसहित सयभन्दा बढी चिकित्सक टोलीलाई परिचालन गरिएको छ । घाइतेहरूलाई सोरो, बालासोर, भद्रक र कटकका अस्पतालहरूमा लैजान दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको छ ।
उडिशा सरकारले दुर्घटनाका कारण अलपत्र परेका उडिशा र पश्चिम बङ्गालका यात्रुहरूलाई उनीहरूको गन्तव्यसम्म निःशुल्क यातायात सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । त्यसका निम्ति दुर्घटनास्थल नजिक ३० वटा बस तयारी अवस्थामा राखिएको छ । घाइतेहरुलाई प्रदेशका सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: