Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८० शुक्रबार | 22nd September, 2023 Fri

बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँः सांसद भट्टराई

खबरडबली संवाददाता
काठमाडौं । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् । 
 
प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले मुलुक आर्थिक सङ्कटको अवस्थामा रहेको भन्दै त्यसको निकास खोज्न बृहत् आर्थिक सम्मेलन गर्न सरकारलाई सुझाव दिएका हुन् । 
 
उनले भने, “अन्य मुलुकले आर्थिक सङ्कटको अवस्थामा बृहत् आर्थिक सम्मेलन गर्ने गरेका छन । सबै राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र र विकासका साझेदारको सहभागितामा बृहत् गोलमेच सम्मेलन गरौँ”, उनले भने, “त्यसले आजको आर्थिक अवस्थाको निकास दिने बाटो के हो ? त्यसको साझा अवधारणा बनाऊँ । त्यो कांग्रेस वा एमालेको अवधारणा हुँदैन, मुलुकको अवधारणा हुन्छ । हिम्मत गर्नुस्, प्याराडाइम सिफ्ट गर्नुस् मन्त्रीज्यू ”
 
सांसद भट्टराईले आगामी बजेटले कुनै गन्तव्यलाई निश्चित नगरेको र आजको चरम आर्थिक सङ्कटलाई यसले अनुभूत नगरेको बताए । उनले सरकारले खर्च कटौतीको घोषणा गरे तापनि चालु आवको तुलनामा आउँदो वर्षका लागि रु ९८ अर्ब चालु खर्च बढाएको बताए । 
 
फरक राजनीतिक विचारका बाबजुद आर्थिक सङ्कटलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । “हाम्रो राजनीतिक विचार फरक होलान्, आआफ्नो गन्तव्य होलान् तर आजको मुलुकको अर्थतन्त्र डामाडोल भयो र बिग्रियो भने तपाईं मात्र होइन हामीसँगै नेपाल सबै ध्वस्त हुन्छौँ । हामी तपाईंलाई सहयोग गर्न तयार छौँ ।”  
 
उनले पूँजीगत खर्च कटौती गर्दै राष्ट्रिय गौरवका आयोजनामा खर्च गर्न सुझाव दिए । “राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशसभा कमसेकम उपसचिवभन्दा माथिका कर्मचारी, राजनीतिक नियुक्तिमा भएका मानिसको २५ प्रतिशतले तलब भत्ता घटाउने घोषणा गर्नुस् । कटौती गरिएको रकम कुनै एक राष्ट्रिय गौरव आयोजनामा खर्च गर्नुस् । हामी प्रतिपक्ष तयार छौँ”, उनले भने ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँगको दोस्रो वार्ता पनि निष्कर्षविहीन, आन्दोलन यथावत्

शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन...

शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्छ : गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोज...

सरकारसँग आन्दोलनरत शिक्षकको वार्ता जारी

काठमाडौँ। आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता जारी छ। वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराय...

यू-१९ साफ च्याम्पियनसिप : पाकिस्तानसँग घरेलु मैदानमै नेपाल स्तब्ध

काठमाडौँ। यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ...

चलचित्र बोर्डको निर्णयविरुद्ध अदालत गयो ‘प्रकाश’ टिम

काठमाडौँ। फिल्म  ‘प्रकाश’को टिमले चलचित्र बोर्डको विरुद्धमा उच्च अदालत, पाटनमा मुद्दा दर्ता गरेको छ।  फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक वि...

‘नाङ्गो गाउँ’को व्यापार ३ करोड ३५ लाख

काठमाडौँ।  भदौको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ ।  निर्माणपक्षले बुधब...

पाकिस्तानको आम चुनाव जनवरी अन्तिममा

काठमाडौँ।  पाकिस्तानको निर्वाचन आयोगले आउँदो जनवरी अन्तिम हप्तामा आम चुनाव गर्ने घोषणा गरेको छ । पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले एक विज्ञप्ति ज...

कांग्रेस बैठक : मंसिर १३ बाट महासमिति बैठक राख्न प्रस्ताव पेस

चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

विश्वविजेता अर्जेन्टिना फिफा वरीयताको शीर्षमै, फ्रान्स दोस्रो र ब्राजिल तेस्रो

काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार नयाँ वरीयता सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ वरीयतामा विश्वविजेता अर्जेन्टिना पहिलो स्थान...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending