Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सिन्धुलीका नेताको अर्को नारा, – ‘हाम्रो किल्ला सिन्धुली जिल्ला ’

\"sindhuli\"काठमाडौं । सिन्धुलीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले प्रमुख चार राजनीतिक दलले गरिसकेको सङ्घीय प्रदेशको सीमा निर्धारणलाई अब यताउता गरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । समृद्ध सिन्धुली अभियानले बुधबार बिहान काठमाडौँको मीनभवनमा गरेको सडक कार्यक्रममा उनीहरुले भाषा, संस्कृति र भूगोलको हिसाबले समेत सिन्धुली जिल्ला प्रदेश नम्बर ३ मै कायम रहनुपर्नेमा जोड दिए । चार प्रमुख दलका शीर्षनेताले प्रदेशको सीमा निर्धारणसम्बन्धी गरेको निर्णयलाई पहिलो स्वागत गर्ने सिन्धुलीलाई पछिल्लो समय फेरि यताउता गाभ्ने कुरा चलाइएको प्रति आपत्ति जनाउँदै सांसदहरुले जिल्लालाई विभाजित हुन नदिने तथा कुनै हालतमा प्रदेश नम्बर २ मा जाँदै नजाने जिकिर गरे । नेवार, तामाङ, सुनुवार, मगर, बाहुन क्षेत्रीको  बाहुल्य रहेको जिल्ला सिन्धुलीलाई फेरि पनि चलाउन खोज्नु भनेको नेताहरु एउटा निर्णयमा अडिग रहन सक्दैनन् भन्ने सन्देश प्रवाह हुने भएकाले त्यसलाई बुझेर काम गर्न सांसदहरुले राजनीतिक दलका शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् । उनीहरुले भने –‘निर्धारण गरिसकेको सीमालाई यताउता गर्न खोज्दा सङ्घीयता विरोधीलाई सहयोग पुग्न सक्दछ, भौगोलिक अवस्था, उपलब्ध स्रोतसाधनको हिसावले पनि सिन्धुलीलाई अब गिजोल्ने काम गर्नु हँुदैन ।’ जिल्लाबाट सविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्सँग छलफल नै नगरी जिल्लाको विषयमा निर्णय गर्ने कसैलाई पनि अधिकार नहुने जनाउँदै सभासद्हरुले सिन्धुलीलाई मधेस विरोधीका रुपमा प्रस्तुत गर्न खोजिएको प्रति पनि रोष व्यक्त गरे । सो अवसरमा सांसदहरु गणेश पहाडी, मोहन बराल, हरिबोल गजुरेल, पूर्वसांसद लीलामणि पोखरेल, विपिन कोइरालालगायतले सामथ्र्य र पहिचानका हिसाबले सिन्धुली प्रदेश नम्बर ३ मै रहनुपर्ने तर्क प्रस्तुत गरेका थिए  । ‘हाम्रो किल्ला सिन्धुली जिल्ला’ नाराका साथ सुरु गरिएको उक्त कार्यक्रमलाई सिन्धुलीस्थित सबै राजनीतिक दलका नेता, पूर्वसभासद् एवम् सांसदहरु, नागरिक समाज, बुद्धिजीवी, पत्रकारलगायत विभिन्न पेसा–व्यवसायसँग सम्बद्ध नागरिकले सहभागी भई सहयोग र समर्थन जनाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending