Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

काठमाडाैंकाे सिनामंगलमा यसरी चल्दैछ वर्षौंदेखि अवैध धन्दा

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौं महानगरपािलकाको वडा नं. ९ सिनामंगलमा प्याथमाइण्ड् डाइग्नोष्टिक केयर प्रालिले वर्षौंदेखि अवैध रूपमा गैरकानूनी धन्दा चलाइरहेको पाइएको छ । वि.सं.२०७६ मा कम्पनी रजिस्ट्रारमा दर्ता भएको उक्त प्याथमाइण्डस् डाइग्नोष्टिकले ल्याबोरेटरी नियामक निकाय नेपाल जनस्वास्थ्य प्रयोगशालामा कुनै पनि प्रकारको सम्बन्धन बिना नै ल्याबोरेटरी लगायतका मेडिकल सेवा प्रदान गर्दै आइरहेको पाइएको हो ।

 प्राप्त प्रमाणअनुसार कम्पनीले अवैध रूपमा २०७७ साउन ४ गते जनस्वास्थ्य प्रयोगशालाको मापदण्ड बेगर नै ल्याब परीक्षण गरेको पाइएको छ । एक ४८ वर्षीय महिलाको थाइराइडसम्बन्धी ल्याब परीक्षणका क्रममा इन्टरप्रेड डाइग्नोष्टिक सेन्टर थापाथलीले रिफर गरेर प्याथमाइण्ड्सले अवैध रिपोर्ट तयार गरेर पठाएको पाइएको छ । उक्त ल्याब रिपोर्टमा डा. आभास कोइरालाको समेत संलग्नता देखिन्छ भने, ल्याब टेक्नोलोजिष्ट सुजाता कक्षपति र राजिव खड्कीले परीक्षण गरेका छन् । अवैध रूपमा सञ्चालन भइरहेको संस्थामा डाक्टर र ल्याब टेक्निसियनहरुको संलग्नता शंकास्पद रहेकाे पाइएकाे हाे ।

कोरोना महामारीको समयमा समेत अवैध रूपमा सेवा सञ्चालन गरेको ल्याबले जनताको स्वास्थ्यमाथि कसरी खेलबाड कति धेरै भन्ने कल्पना गर्न समेत सकिँदैन । भने, लगातार कम्पनीले यस्ता प्रकारका गम्भीर ल्याब परीक्षणका रिपोर्टहरू अवैध रूपमा बनाउने गरेको पाइएको हो  । अचम्मको कुरा त के छ भने प्याथमाइण्ड् डाइग्नोष्टिक अवैध रहेको जान्दाजान्दै थापाथलीस्थित इन्टरप्रेड डाइग्नोष्टिक सेन्टरले रिफर गर्ने गरेको छ । प्याथमाइण्ड् डाइग्नोष्टिकले सार्वजनिक रूपमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी नजिकै खुलेआम होडिङ बोर्ड नै राखेर अवैध सेवा सञ्चालन गरिरहेको छ । उक्त कम्पनीले ल्याब सेवा मात्र होइन डाक्टर अपोइन्टमेण्ट र रिसर्च लगायतका धन्दाहरू समेत अवैध रूपमा चलाउँदै आएको छ ।

आफूलाई बी क्याटगोरीको ल्याब दाबी गर्ने कम्पनी हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सूचीमा दर्ता भएको छैन । वर्षौदेखि अवैध रूपमा आम नागरिकको स्वास्थ्यमा अवैध र मापदण्ड बेगर प्याथमाइण्डस्ले जनताको जीवनमा खेलबाड गरिरहेको छ । कम्पनीका सञ्चालकहरू समेत शंकास्पद देखिएका छन् । सञ्चालकमध्येका कपिलमणि आचार्य, जीवन परियार, शिवम् रिजाल र अर्का ओम भन्ने व्यक्ति रहेको बुझिएको छ । यद्यपि उनीहरू कसैले पनि आफूहरू संस्थाको लगानीकर्ता र सञ्चालक स्वीकार्न हिचकिचाउँछन् । कतिपयले कम्पनीबाट आफू राजीनामा दिएर बसेको बताउँछन् भने कतिपयले आफूलाई आधिकारिक व्यक्ति नरहेको दाबी गर्छन् ।

नागरिकको स्वास्थ्य जस्ता व्यवसायमा किन गैरकानूनी काम गरिन्छ र सञ्चालक भनिएका जीवन परियार भन्छन्, हामी दर्ताको प्रक्रियामा छौँ, केही दिनमै यो प्रकृया सक्छौँ । ०४/१२/२०७७ मा जारी गरिएको ल्याब रिपोर्टमा पनि डाक्टरको हस्ताक्षर छैन, त्यसबेलादेखि अहिलेसम्म प्रक्रिया सुरु नगर्नुको कारण सोध्दा परियार कोभिडका कारण ढिलाइ भएको बताए भने, थप केही भन्न चाहेनन् ।

यसमा नेपाल जनस्वास्थ्य प्रयोगशालाले आँखा चिम्लिएको पाइएको छ । राजधानीको मुटुमा वर्षौदेखि अवैध धन्दा चलाइरहेको ल्याबलाई बिना कुनै अनुमति जनताको जीवनमाथि चरम खेलबाड गरिरहँदा पनि जनस्वास्थ्य प्रयोगशाला प्रमुख रुणा झाले उल्टै ल्याबको अनुमतिका लागि बिना रोकतोक प्रक्रिया समेत अघि बढाइरहेको जानकारीमा आएको छ । जनताको जीवनमाथि चरम खेलबाड गरेको प्याथमाइण्ड् डाइग्नोष्टिकलाई खुलेआम सरकारको संरक्षण गरेको देखिन्छ । नियामक निकाय नै अवैध ल्याब प्रति आँखा चिम्लेर बस्दा जनताको जीवनप्रति राज्य कति गैरजिम्मेवार छ भन्ने पुष्टि हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending