Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

काठमाडाैंकाे सिनामंगलमा यसरी चल्दैछ वर्षौंदेखि अवैध धन्दा

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौं महानगरपािलकाको वडा नं. ९ सिनामंगलमा प्याथमाइण्ड् डाइग्नोष्टिक केयर प्रालिले वर्षौंदेखि अवैध रूपमा गैरकानूनी धन्दा चलाइरहेको पाइएको छ । वि.सं.२०७६ मा कम्पनी रजिस्ट्रारमा दर्ता भएको उक्त प्याथमाइण्डस् डाइग्नोष्टिकले ल्याबोरेटरी नियामक निकाय नेपाल जनस्वास्थ्य प्रयोगशालामा कुनै पनि प्रकारको सम्बन्धन बिना नै ल्याबोरेटरी लगायतका मेडिकल सेवा प्रदान गर्दै आइरहेको पाइएको हो ।

 प्राप्त प्रमाणअनुसार कम्पनीले अवैध रूपमा २०७७ साउन ४ गते जनस्वास्थ्य प्रयोगशालाको मापदण्ड बेगर नै ल्याब परीक्षण गरेको पाइएको छ । एक ४८ वर्षीय महिलाको थाइराइडसम्बन्धी ल्याब परीक्षणका क्रममा इन्टरप्रेड डाइग्नोष्टिक सेन्टर थापाथलीले रिफर गरेर प्याथमाइण्ड्सले अवैध रिपोर्ट तयार गरेर पठाएको पाइएको छ । उक्त ल्याब रिपोर्टमा डा. आभास कोइरालाको समेत संलग्नता देखिन्छ भने, ल्याब टेक्नोलोजिष्ट सुजाता कक्षपति र राजिव खड्कीले परीक्षण गरेका छन् । अवैध रूपमा सञ्चालन भइरहेको संस्थामा डाक्टर र ल्याब टेक्निसियनहरुको संलग्नता शंकास्पद रहेकाे पाइएकाे हाे ।

कोरोना महामारीको समयमा समेत अवैध रूपमा सेवा सञ्चालन गरेको ल्याबले जनताको स्वास्थ्यमाथि कसरी खेलबाड कति धेरै भन्ने कल्पना गर्न समेत सकिँदैन । भने, लगातार कम्पनीले यस्ता प्रकारका गम्भीर ल्याब परीक्षणका रिपोर्टहरू अवैध रूपमा बनाउने गरेको पाइएको हो  । अचम्मको कुरा त के छ भने प्याथमाइण्ड् डाइग्नोष्टिक अवैध रहेको जान्दाजान्दै थापाथलीस्थित इन्टरप्रेड डाइग्नोष्टिक सेन्टरले रिफर गर्ने गरेको छ । प्याथमाइण्ड् डाइग्नोष्टिकले सार्वजनिक रूपमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी नजिकै खुलेआम होडिङ बोर्ड नै राखेर अवैध सेवा सञ्चालन गरिरहेको छ । उक्त कम्पनीले ल्याब सेवा मात्र होइन डाक्टर अपोइन्टमेण्ट र रिसर्च लगायतका धन्दाहरू समेत अवैध रूपमा चलाउँदै आएको छ ।

आफूलाई बी क्याटगोरीको ल्याब दाबी गर्ने कम्पनी हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सूचीमा दर्ता भएको छैन । वर्षौदेखि अवैध रूपमा आम नागरिकको स्वास्थ्यमा अवैध र मापदण्ड बेगर प्याथमाइण्डस्ले जनताको जीवनमा खेलबाड गरिरहेको छ । कम्पनीका सञ्चालकहरू समेत शंकास्पद देखिएका छन् । सञ्चालकमध्येका कपिलमणि आचार्य, जीवन परियार, शिवम् रिजाल र अर्का ओम भन्ने व्यक्ति रहेको बुझिएको छ । यद्यपि उनीहरू कसैले पनि आफूहरू संस्थाको लगानीकर्ता र सञ्चालक स्वीकार्न हिचकिचाउँछन् । कतिपयले कम्पनीबाट आफू राजीनामा दिएर बसेको बताउँछन् भने कतिपयले आफूलाई आधिकारिक व्यक्ति नरहेको दाबी गर्छन् ।

नागरिकको स्वास्थ्य जस्ता व्यवसायमा किन गैरकानूनी काम गरिन्छ र सञ्चालक भनिएका जीवन परियार भन्छन्, हामी दर्ताको प्रक्रियामा छौँ, केही दिनमै यो प्रकृया सक्छौँ । ०४/१२/२०७७ मा जारी गरिएको ल्याब रिपोर्टमा पनि डाक्टरको हस्ताक्षर छैन, त्यसबेलादेखि अहिलेसम्म प्रक्रिया सुरु नगर्नुको कारण सोध्दा परियार कोभिडका कारण ढिलाइ भएको बताए भने, थप केही भन्न चाहेनन् ।

यसमा नेपाल जनस्वास्थ्य प्रयोगशालाले आँखा चिम्लिएको पाइएको छ । राजधानीको मुटुमा वर्षौदेखि अवैध धन्दा चलाइरहेको ल्याबलाई बिना कुनै अनुमति जनताको जीवनमाथि चरम खेलबाड गरिरहँदा पनि जनस्वास्थ्य प्रयोगशाला प्रमुख रुणा झाले उल्टै ल्याबको अनुमतिका लागि बिना रोकतोक प्रक्रिया समेत अघि बढाइरहेको जानकारीमा आएको छ । जनताको जीवनमाथि चरम खेलबाड गरेको प्याथमाइण्ड् डाइग्नोष्टिकलाई खुलेआम सरकारको संरक्षण गरेको देखिन्छ । नियामक निकाय नै अवैध ल्याब प्रति आँखा चिम्लेर बस्दा जनताको जीवनप्रति राज्य कति गैरजिम्मेवार छ भन्ने पुष्टि हुन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending