Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

तौलिहवा तनावग्रस्तः जिल्ला प्रशासन कार्यालय जलाउन खोजेपछि झडप

\"Kapilbastu\"कपिलवस्तु । सिमांकनसहित संविधानको मस्यौदाको विरोधमा आन्दोलन गरिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध चार दल र प्रहरीबीच झडप हुँदा कपिलवस्तुको सदरमुकाम तौलिहवा तनावग्रस्त भएको छ ।   एक दिन अघि मंगलबार तौलिहवाका दुई सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका आन्दोलनकारीले बुधवार जिल्ला प्रशासन कार्यालयमा आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले आन्दोलनकारीलाई रोक्नेक्रममा झडप भएको हो । झडपमा परी आन्दोलनकारी र प्रहरी गरी झण्डै तीन दर्जन घाइते भएका छन् ।   झडपमापरी आन्दोलनकारी भन्दा प्रहरी धेरै घाइते भएको कपिलवस्तुका पत्रकार बसन्त गिरीले खबरडबलीलाई जानकारी दिएका छन् । ‘हामीले हेर्दा आन्दोलनकारी भन्दा प्रहरी धेरै घाइते भएका छन् । त्यसो हुनुमा प्रहरीले अपनाएको संयम्ता नै हो ।’– पत्रकार गिरीले भने ।   झडपमापरी आन्दोलनकारी तर्फ १३ जना घाइते भएको कपिलवस्तु क्षेत्र नम्बर ३ का सभासद तथा तमलोपाका नेता बृजेश कुमार गुप्ताले जानकारी दिएका छन् भने प्रहरी तर्फ २७ जना घाइते भएकाे प्रमुख जिल्ला अधिकारी कलामले खबरडबलीलार्इ जानकारी दिएका छन् ।   अान्दाेलनकारीले प्रहरीलार्इ लक्षित गरी गुलेली प्रहार गरेपछि प्रहरी तर्फ कपिलवस्तुका एसपी विक्रम पाण्डे समेत घाइते भएकाे प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । प्रहरीले ११ जना अान्दाेलनकारीलार्इ नियन्त्रणमा लिए पनि अहिले पनि ताैलिहवाकाे अवस्था तनावग्रस्त छ ।   मंगलबार दुई सरकारी कार्यालय आगजनी गरेका आन्दोलनकारीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय नै जलाउन खोज्ने तथा प्रहरीले रोक्न खोज्दा झडप भएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी अब्दुल कलामले खबरडबलीलाई जानकारी दिए ।   प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न ५२ सेल अश्रुग्यास प्रहार गरी सकेको छ । अहिले जिल्ला प्रशासन कार्यालय अघिल्तिर प्रहरी र आन्दोलनकारीबीच झडप भैरहेको छ ।   शान्तिपूर्ण भनिएको आन्दोनल हिंसात्मक भएपछि सदरमुकाम तौलिहवामा थप प्रहरी परिचालन गरिएको छ । आन्दोलनकारीले मंगलबार घरेलु तथा साना उद्योगको कार्यालय र लेखा नियन्त्रण कार्यालयमा आगजनी गरेका थिए ।   संयुक्त मधेसी मोर्चामा चार मधेसवादी दलहरु रहेका छन् जसले संविधानसभामा पेश भएको मस्यौदा तथा चार दलबीच भएको सिमांकनको विरोधमा आन्दोलन गर्दै आएका छन् । सोही आन्दोलन थप हिंसात्मक हुँदै जाँदा कपिलबस्तुको जनजिवन थप कष्टकर बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending