Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

तौलिहवा तनावग्रस्तः जिल्ला प्रशासन कार्यालय जलाउन खोजेपछि झडप

\"Kapilbastu\"कपिलवस्तु । सिमांकनसहित संविधानको मस्यौदाको विरोधमा आन्दोलन गरिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध चार दल र प्रहरीबीच झडप हुँदा कपिलवस्तुको सदरमुकाम तौलिहवा तनावग्रस्त भएको छ ।   एक दिन अघि मंगलबार तौलिहवाका दुई सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका आन्दोलनकारीले बुधवार जिल्ला प्रशासन कार्यालयमा आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले आन्दोलनकारीलाई रोक्नेक्रममा झडप भएको हो । झडपमा परी आन्दोलनकारी र प्रहरी गरी झण्डै तीन दर्जन घाइते भएका छन् ।   झडपमापरी आन्दोलनकारी भन्दा प्रहरी धेरै घाइते भएको कपिलवस्तुका पत्रकार बसन्त गिरीले खबरडबलीलाई जानकारी दिएका छन् । ‘हामीले हेर्दा आन्दोलनकारी भन्दा प्रहरी धेरै घाइते भएका छन् । त्यसो हुनुमा प्रहरीले अपनाएको संयम्ता नै हो ।’– पत्रकार गिरीले भने ।   झडपमापरी आन्दोलनकारी तर्फ १३ जना घाइते भएको कपिलवस्तु क्षेत्र नम्बर ३ का सभासद तथा तमलोपाका नेता बृजेश कुमार गुप्ताले जानकारी दिएका छन् भने प्रहरी तर्फ २७ जना घाइते भएकाे प्रमुख जिल्ला अधिकारी कलामले खबरडबलीलार्इ जानकारी दिएका छन् ।   अान्दाेलनकारीले प्रहरीलार्इ लक्षित गरी गुलेली प्रहार गरेपछि प्रहरी तर्फ कपिलवस्तुका एसपी विक्रम पाण्डे समेत घाइते भएकाे प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । प्रहरीले ११ जना अान्दाेलनकारीलार्इ नियन्त्रणमा लिए पनि अहिले पनि ताैलिहवाकाे अवस्था तनावग्रस्त छ ।   मंगलबार दुई सरकारी कार्यालय आगजनी गरेका आन्दोलनकारीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय नै जलाउन खोज्ने तथा प्रहरीले रोक्न खोज्दा झडप भएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी अब्दुल कलामले खबरडबलीलाई जानकारी दिए ।   प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न ५२ सेल अश्रुग्यास प्रहार गरी सकेको छ । अहिले जिल्ला प्रशासन कार्यालय अघिल्तिर प्रहरी र आन्दोलनकारीबीच झडप भैरहेको छ ।   शान्तिपूर्ण भनिएको आन्दोनल हिंसात्मक भएपछि सदरमुकाम तौलिहवामा थप प्रहरी परिचालन गरिएको छ । आन्दोलनकारीले मंगलबार घरेलु तथा साना उद्योगको कार्यालय र लेखा नियन्त्रण कार्यालयमा आगजनी गरेका थिए ।   संयुक्त मधेसी मोर्चामा चार मधेसवादी दलहरु रहेका छन् जसले संविधानसभामा पेश भएको मस्यौदा तथा चार दलबीच भएको सिमांकनको विरोधमा आन्दोलन गर्दै आएका छन् । सोही आन्दोलन थप हिंसात्मक हुँदै जाँदा कपिलबस्तुको जनजिवन थप कष्टकर बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy