Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

सुर्खेतका नौ पालिकाले ल्याए आठ अर्बभन्दा धेरैको बजेट

खबरडबली संवाददाता

सुर्खेत/भेरीगङ्गा । सुुर्खेतका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि कूल रु आठ अर्ब २७ करोड ८५ लाख ५५ हजार आठ सय ७४ बराबरको बजेट ल्याएका छन् ।

स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । 

कूल रु तीन अर्ब दुई करोड ६१ लाख ८९ हजार नौ सय बराबरको बजेट ल्याएको वीरेन्द्रनगरले पूँजीगततर्फ रु एक अर्ब २५ करोड ८९ लाख ९० हजार र चालुतर्फ रु एक अर्ब ७३ करोड ८४ लाख १९ हजार बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षको तुलनामा वीरेन्द्रनगरले रु एक अर्ब आठ करोड ५० लाख ७७ हजार चार सय ६७ ले बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा वीरेन्द्रनगरले कूल रु एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सयको बजेट ल्याएको थियो ।

त्यस्तै, रु ५९ करोड ५८ लाख ८७ हजार बराबरको बजेट ल्याएको बराहताल गाउँपालिकाले पूँजीगततर्फ रु २५ करोड दुई लाख ७३ हजार र चालुतर्फ रु ३४ करोड ५६ लाख १४ हजारको बजेट ल्याएको छ । बराहतालले अघिल्लो वर्षको तुलनामा रु तीन करोड १२ लाख २१ हजार छ सय २३ ले थोरै बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा बराहतालको बजेट रु ६२ करोड ७१ लाख आठ हजार छ सय २३ बराबरको ल्याएको थियो ।

त्यस्तै, रु ६६ करोड ८१ लाख ७३ हजार सात सय ६५ बराबरको बजेट विनियोजन गरेको लेकबँेसी नगरपालिकाले पूँजीगततर्फ रु १८ करोड २५ लाख आठ हजार पाँच सय ६१ र चालुतर्फ रु ४४ करोड ६३ लाख ६९ हजार बजेट विनियोजन गरेको छ । 

चालु आर्थिक वर्ष रु ७४ करोड ८७ लाख नौ हजार ५७ को बजेट विनियोजन गरेको लेकबँेसीले आगामी वर्षका लागि रु आठ करोड ५३ लाख पाँच हजार दुई सय ९२ ले कम बजेट ल्याएको हो ।

त्यस्तै, पञ्चपुरी नगरपालिकाले रु ६६ करोड ९८ लाख ३४ हजार छ सय २९ बराबरको बजेट ल्याएको छ । उक्त नगरपालिकाले कूल बजेटमध्ये चालुतर्फ रु ३७ करोड ३३ लाख ३३ हजार र पूँजीगततर्फ रु २९ करोड ६५ लाख एक हजारको बजेट ल्याएको छ । पञ्चपुरीले पनि चालु आर्थिक वर्षभन्दा आगामी वर्षका लागि रु १९ करोड २२ लाख १४ हजार २२ ले कम बजेट विनियोजन गरेको छ । पञ्चपुरीले चालु आर्थिक वर्षका लागि रु ८६ करोड २० लाख ४८ हजार छ सय ५१ को बजेट ल्याएको थियो ।

भेरीगङ्गा नगरपालिकाले रु ६८ करोड ९९ लाख ८१ हजार एक सय ३९ बराबरको बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको तुलनामा भेरीगङ्गाले रु एक करोड ४१ लख ७० हजार तीन सय ६० ले बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा भेरीगङ्गाले ६७ करोड पाँच लाख सात सय ७९ को बजेट ल्याएको थियो ।

कूल ५८ करोड १७ लाख ७० हजार तीन सय ५० को बजेट विनियोजन गरेको सिम्ता गाउँपालिकाले पनि चालु आर्थिक वर्षभन्दा रु एक करोड ७७ हजार ६३ हजार छ सय ५० ले कम बजेट ल्याएको हो । सिम्ताले चालु आर्थिक वर्षमा रु ५९ करोड ९५ लाख ३४ हजारको बजेट ल्याएको थियो ।

त्यस्तै आगामी आर्थिक वर्षका लागि गुर्भाकोट नगरपालिकाले रु ९७ करोड ९१ लाख १५ हजार सात सय ५६ बजेट विनियोजन गरेको छ । नयाँ आर्थिक वर्षमा गुर्भाकोटले भने रु दुई करोड ३२ लाख ८२ हजार सात सय ५६ ले बजेटको आकार बढाएको छ । चालु आर्थिक वर्षका लागि गुर्भाकोटले रु ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको थियो ।

चिङ्गाड गाउँपालिकाले कूल रु ४० करोड ४६ लाख ३६ हजार दुई सय ४० बराबरको बजेट विनियोजन गरेको छ । कूल बजेटमध्ये चालुतर्फ रु २६ करोड ९१ लाख १५ हजार र पूँजीगततर्फ रु १३ करोड ५३ लाख ८८ हजार दुई सय ४० विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ३९ करोड ३८ लाख ९६ हजार आठ सय ४० को बजेट ल्याएको चिङ्गाडले नयाँ आर्थिक वर्षका लागि रु एक करोड ७३ लाख नौ हजार चार सयले बजेट बढाएको छ ।

चौकुने गाउँपालिकाले रु ६६ करोड २९ लाख ६७ हजार २८ बराबरको अनुमानित बजेट ल्याएको छ । चालु आर्थिक वर्षभन्दा चौकुनेले नयाँ आर्थिक वर्षका लागि रु आठ करोड ६१ लाख २३ हजार २८ ले बजेट बढाएको हो । चालु आर्थिक वर्षमा चौकुने रु ५७ करोड ६८ लाख ४४ हजारको बजेट ल्याएको थियो ।

समग्रमा चालु आर्थिक वर्षको तुलनामा स्थानीय तहले रु ८९ करोड ७६ लाख ५८ हजार चार सय २४ ले बढी बजेट ल्याएका छन् । आर्थिक वर्ष २०७९÷८० मा सुर्खेतका स्थानीय तहले कूल रु सात अर्ब ३८ करोड ८९ लाख सात हजार चार सय ५० को बराबरको बजेट विनियोजन गरेका थिए । 

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा बराहताल, पञ्चपुरी, लेकबँेसी र सिम्ता गाउँपालिकाको बजेट घटेको छ भने वीरेन्द्रनगर, चौकुने, चिङ्गाड, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाले बजेटको आकार बढाएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending