Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

बन्दमा यातायात व्यवसायीको कालोबजारी

\"surkhetसुर्खेत ।  बैज्ञानिक सिमांकन नभएको भन्दै  एक प्रदेश र राजधानी सुर्खेत हुनुपर्ने मागसहित भएको आन्दोलनका कारण ११ दिनदेखी सुर्खेतलगायत मध्यपश्चिमाञ्चल विकास क्षेत्रभरीको जनजिवन प्रभावीत भएको छ । शिक्षण संस्था, कलकारखाना,बजार पुरै बन्द छन धेरैजसो जिल्लामा यातायात सञ्चालनमा छैनन् । सुर्खेतमा भने बन्दकै कारण दिउसो सञ्चालन नगरिएका सवारी साधन राती राती लुकाएर वसपार्क ल्याउने र त्यहिवाट सञ्चालन गर्ने गरिएको छ । त्यो पनि दुईदेखि तीन गुणा बढि भाडा उठाएर । सवारी साधनका मालीकहरुले दिनभरि बसपार्कमा नभएका सवारी साधनहरु राती भएपछि बसपार्कमा ल्याउने र कालोबजारी गरेर ३ गुणा सम्म भाडा असुल्ने गरेको सर्वसाधारण यात्रुहरुको गुनासो छ । बन्दकर्ताले कुनै पनि गाडी बन्दको अवज्ञा गरी चलाएमा त्यसलाई भौतिक कार्वाही गरिने चेतावनी दिएपनि केहिदीनदेखी राती राती सुर्खेत नेपालगन्ज,सुर्खेत दैलेख सुर्खेत काठमाण्डौ सुर्खेत कालीकोट समेत सन्चालन भैरहेका छन ।  यात्रुहरुका अनुसार सुर्खेतवाट दैलेख सम्म पुग्दा जिपले एक हजार रुपैयाँ र वसहरुले १३ सय रुपैयासम्म भाडादर उठाउने गरेका छन । त्यस्तै सुर्खेतवाट कालीकोटको भाडा दुई हजार रुपैया र सुर्खेतवाट नेपालगन्ज सम्म जादा यात्रुवाट ५ सयसम्म भाडा असुल्ने गरेको सर्वसाधारणको गुनासो छ । लगातारको बन्दले जनजिवन असामान्यभएपछि यातायातमा समेत कालोबजारी भएको यातायात व्यवसायीहरु पनि स्वकार गर्छन । यात्रुहरुको चाप र माग बढेपछि आफुहरु राती राती तीनगुणा बढि भाडा असुलेर यात्रु वोकेको व्यवसायीको भनाई छ ।  बसको छतमा समेत बसेर क्षमता भन्दा बढी मान्छे बोक्ने भएकाले दुर्घटना हुनसक्ने जिल्ला टाफिक प्रहरी कार्यालय सुर्खेतको भनाई छ ।  यातायातका साधनमा यस्तो कालोबजारी भएको शन्दर्भमा प्रश्न गर्दा  जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी हितप्रसाद पौडेलले आफुहरुले यस विषयमा बुझीरहेको र त्यस्तो पाइएमा कारबाहि गर्ने वताए । यातायात व्यवसायीहरुले आफै रिस्क मोलेर यस्तो काम गरेको भन्ने मैले सुनेको छु पौडेलले भने  आधिकारीक रुपमा समितिले त्यस्तो निर्णय गरेको छैन भन्ने पनि सुनेको छु जे भएपनि त्यस्तो भएको भए हामी कारबाहि गर्छौ ।  तर कालोबजारी नगराउन आग्रह गरेको छु । उहाँहरुले अव यस्तो दोहोर्याउनु हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy