सुनसरी । सुनसरीको इटहरीमा कान्छाराम कन्स्ट्रक्सनको टिपरले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् ।
आमा–छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिँदा इटहरी–८ गैसारकी ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । उनका अनुसार २२ वर्षीया छोरी अंशुको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
इटहरीको खनारमा भदैनीको घरमा पूजामा जान हिँडेका आमाछोरीलाई इटहरी चोकमा कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले ठक्कर दिएको थियो । स्थानीयबासीले ठक्करबाट घाइते भएकी सरितालाई चालकले ब्याक गरेर किचेको आरोप लगाएका छन्। प्रहरीले भने त्यसबारे अनुसन्धानपछि मात्रै केही भन्न सकिने जनाएको छ।
को १४ प ५२६ नम्बरको स्कुटरमा सवार उनीहरू विराटनगर लाइनतर्फ अघि बढ्ने क्रममा थिए । विराटनगर लाइनतर्फ जान लागेको स्कुटरलाई पूर्व लाइन जाँदै गएको टिपरले ठक्कर दिएर सरिताको ज्यान गएपछि स्थानीयबासीले टिपरमा तोडफोड गरेका थिए।
टिपर र चालकलाई प्रहरीले जोगाउन खोज्दा सर्वसाधारणले ढुंगामुढासमेत गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारेको थियो । अहिले तनाव साम्य भइसकेको छ।
त्यसक्रममा नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ३ गरी नौ जना सुरक्षाकर्मी घाइते भएको एसपी ढकालले जानकारी दिए । प्रहरीले टिपर चालक सर्लाही ईश्वरपुरका २७ वर्षीय बलबहादुर बम्जनलाई नियन्त्रणमा लिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: