Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

ठमेलमा एक रातः जहाँ मान्छेका प्यास किन्न पाइन्छ

\"thamel\"
आँखाअगाडिबाट मान्छे किनिन्छ/बेचिन्छ तर प्रहरी लट्ठी फन्काउँदै गस्ती गर्छ र समाज सभ्य भएको दसी दिन्छ ।
भिडमा कोही हतारमा छन् त कोही फुटपाथमा बेच्न राखिएका सामान ओल्ट्याइपल्ट्याइ गर्दै मोलमोलाइ गरिरहेछन् । नाकैमा ठोकिने गरी भुटनको तीखो वासनाले झस्काएर मोबाइल हेर्दा साँझको ७ बज्दैछ । हेर्छौं, भुटन पाकिरहेको ठाउँमा बाक्लो भिड छ । कोही उभिएर भुटनको स्वाद लिइरहेछन् भने कोही साउनीसँग भुटन, मःमः र ससेस मागिरहेछन् । प्रायः अशान्त यस ठाउँलाई ‘शान्ति वाटीका’ नाम दिइएको छ । वाटीकाकै अघिल्तिर पश्चिमतर्फ चोकमा टुसुक्क बसेका छौँ । जुन चोकलाई भन्छन् रत्नपार्क । शाहवंशीय कुनै रानीको नाम हो, रत्न । रत्न नामभन्दा कयौं गुणा पार्क बदनाम छ । अचेल कसैलाई पनि पार्कमा जान अनुमति छैन । पार्कको बाहिरी भागलाई पनि रत्नपार्क भनिन्छ । केही दिनयता हामी त्यही रत्नपार्कका आगन्तुक छौँ । साँझ ७ देखि राति ९ बजेसम्म रत्नपार्कको वातावरणले तान्छ । ठमेलले तान्छ । बत्तीमा पुतली तानिएझै मानिस ठमेलको बत्तीमा झुम्मिन काठमाडौंको कुनाकुनाबाट पुग्छन् । तर रत्नपार्कको मधुरो बत्ती र ठमेलको चम्किलो बत्तीमा निकै भिन्नता छ । रत्नपार्कले अरब उड्न हिंडेका र सहरका गरिब र बेरोजगारलाई तान्छ भने ठमेलले सम्भ्रान्त र विदेशीलाई । सायद यही हो समाजको ऐना जसलाई निरन्तरता दिन चाहन्छौँ । तर बोल्न र विमर्श गर्न चाहन्नौँ । सरकारी घोषणा नभए नि मानिसहरुले नाम दिएका छन्– ‘रेड लाइट एरिया ।’ हामी उठ्छौँ । मधुरो अँध्यारो बाक्लिदै गाढा अँध्यारोमा फेरिदैछ जसरी क्यानभासमा रङ भरेपछि नयाँ स्वरुप देखा पर्छ । त्यसैगरी रत्नपार्कको स्वरुप पनि फेरिदो छ । मोवाइलको घडीमा ८ बज्न केही मिनट बाँकी छ । चहलपहल बाक्लिदो छ । यो चहलपहललाई समाजले बर्जित गर्छ र प्रहरी÷प्रशासनले वर्जित गर्छ । तर भिड प्रहरी उच्चायुक्त कार्यालयकै नाकमुनि बाक्लिदै छ । मान्छे आँखाअगाडि किनिन्छ÷बेचिन्छ तर प्रहरी आकासे पुलमा ‘कथित’ अव्यवस्था रोक्न हावामा लट्ठी फन्काउँदै समाज सभ्य भएको दसी टक्राउँछ ।
प्रायः अशान्त रहने ठाउँलाई ‘शान्ति वाटीका’ नाम दिइएको छ ।
केही हुल पुरुष यौनइच्छापूर्ति गर्न रत्नपार्कको बाक्लिदै गरेको अँध्यारोमा माछा मार्न चाहन्छन् । केही हुल यौन व्यवसायी शिकार गर्न अथवा आफ्नो दैनिक जीविका चलाउन सडकपेटीमा आफूलाई उभ्याउन बाध्य छन् । हामी सहरका दर्शक बनेर नियालिरहेछौं । यसअघि सुनाएजस्तो कसैले पनि ‘जाने हो’ भनेर सोधेको छैन । सायद तिनका नजरमा न ‘शिकारी’जस्ता लाग्छौं होला त त ‘शिकार’जस्तो । यसैबीच यस्तो संवाद हाम्रा कानमा ठोकिन्छ– ‘कति हो ?’ (साउतीको स्वरमा) तीनजना आएका मध्ये एक जनाले सोध्छ । ‘दुई हजार ।’ रातो रङको हेल्मेट, अग्लो जिउडाल, गोरो छाला, ओठमा बाक्लो लाली र मुहारमा पाउडर घसेर राम्रो बन्ने प्रयास गरेकी एक तेस्रो लिङ्गीले जवाफ दिन्छे । रत्नपार्क चोक नजिकैको ‘सबवे’नेर गेटमा मोलमोलाइको संवाद जारी छ । हामीले पछ्याइरहेछौं (उसले थाहा नपाउने गरी) । ‘मिलाउन मिल्दैन ?’ युवकले संवाद जारी राख्छ । ‘मिलाएर त भनेको नि ।’ ओठ र हात दुबै एकै पटक चलाउँदै उसले ‘होटेलमा जाने कि रुममा’ भन्दै सोध्छे । युवक ‘तीन सय’मा जान आग्रह गर्छ । एक सासमा जवाफ आउँछ– ‘हुँदैन ।’ जबाफसँगै युवक अर्कोतर्फ लाग्छ । उसले पनि आफ्नो ठाउँ फेर्छे । र, विस्तारै आफ्नो मादक चाल प्रदर्शन गर्दै वीर हस्पिटल तर्फ (खुलामञ्चको गेटतिर) लाग्छे । हामी भने रत्नपार्कबाट बागबजार तर्फ आउने आकासे पुलतिर लाग्छौँ । भीड पातलिएको छ । मोबाइलको घडीमा– ८ बजेर २० मिनेट लाग्दै छ । हामीले आकाशे पुलमा उक्लन्छौं । आकाशे पुलमा प्रहरी गस्ती छ । एउटा हवल्दार वाकीटकी सेटमा केही सुनिरहेको छ । तीन जना सिपाही हातमा लाठी लिएर ओहोरदोहोर गरिरहेछन् । बसपार्क पुगेर पुनः उही ‘सब वे’मा फर्कन्छौं । अघिकी रातो हेल्मेटवाली कहीँ देखा पर्दिन । यताउता खोज्छौं । दुई चक्कर लगाएर पनि नदेखेपछि उसले आजको जोहो गरी भन्ने लख काट्छौं । रातो हेल्मेटको खोजीमा निस्केर पुनः आकासे पुल तर्फ बढ्छौं । आकासे पुलबाट ओर्लेर पुलिसले ‘फुटपाथमा पसल लगाउन पाइन्छ ? ल हिँड्नुस अब भयो’ भन्दै बन्द हुँदैगरेका केही पसललाई उठ्न दबाब दिइरहेछन् । अब हामीलाई बुझ्न गारो भएन कि जतिबेला रत्नपार्कको ‘सब वे’तर्फ यौनधन्दाको मोलमोलाइ हुन्छ त्यसबेला प्रहरी आकासे पुलमा गस्ती गर्छ । बाटो काटेर भोटाहिटीहुँदै ठमेलतिर लाग्छौं । अँध्यारोमा कोही साउती गरेजस्तो लाग्छ । उही रातो हेल्मेटवाली रहिछ । एकछिन खुसी र तत्काल निरास हुन्छौँ । संवाद गर्दैछिन् तर ट्याक्सीमा आएको मान्छे उनलाई छाडेर अगाडि बढ्छ । हामीले कुरा थाल्छौंः ‘हामी दुईजना छौँ के गर्ने ?’ ‘पच्चीस सय लाग्छ ।’ ‘धेरै हुँदैन र ? हामीसँग जम्मा एक हजार छ ।’ (सकेजति उनीसित धेरै संवाद गर्नु छ ।) ‘उता त प्रहरीले गस्ती गरिरहेछ त ?’ ‘डन्ठेहरुको कामै के छ र हामीलाई दुःख दिन आउने त हो ।’ ‘किन ?’ ‘हप्ता बुझाउनुपर्छ । नत्र उभिन नै दिदैनन् ।’ ‘किन ?’ ‘जाने हो भने भन्नु नभए के सोधि रा होला ।’ त्यसपछि हामी ‘भैगो’ भन्दै ठमेल लाग्छौँ । अब स्पष्ट बुझ्छौं कि जहाँ यौन धन्दावाल हुन्छन त्यहाँ प्रहरी हुँदैन । तर प्रहरीले यति तयारी भने गरेको हुन्छ कि केही भइहाले दौडेर पुग्न सकियोस् र भाग्नेलाई भाग्ने मौका पनि दिन सकियोस् । सडकमा प्रहरी भ्यान साइरन बजाउँदै गुडिरहेछन् । जमलहुँदै ठमेल पुग्छौं । ठमेलको नसिंङचोक पुग्दा मोबाइलको घडीमा रातको १० बजेर १७ हुँदैछ । ठमेल । लगातार तीन दिनदेखि ठमेलको चक्कर लगाइरहेछौँ । ठमेलमा लाइटको चमक छ । संगीतको चर्को स्वर छ । युवायुवती अंगालोमा बाँधिएका छन् । भिड छ । ड्रग्सको कारोवार छ । यौन बजार छ । यी सबै टिकाउन प्रशासनको द्रब्यमय नजर छ । यसरी ठमेल सधैं मस्त छ । ठमेलको रात्रिकालीन यात्राको मुख्य आकर्षण नर्सिङचोकमा अवस्थित नगरकोट दोहोरी साँझ र त्यहाँदेखि थोरै भित्र रहेको अर्को एउटा नाइट क्लव हो । जहाँ सम्भ्रान्त परिवारका मानिसका आउजाउ देख्छौं । नर्सिङचोकदेखि सञ्चयकोष भवनको देब्रेतर्फ रहेको चोकसम्म ‘वन वे’ बाटो हो । तर यौन व्यवसायीले भने स्कुटी लिएर ओहोरदोहोर गर्न पाउँछन् । कयौं पटक ठमेललाई चक्कर लाउँछौ र नर्सिङचोकको एउटा अग्लो भवनको पसलपेटीमा अडिन्छौं । कोही जोडीमा छन् त कोही समूहमा । अत्याधुनिक मानिने अर्धनग्न मानिसका पोट्रेट चित्र हेरिरहेछौं । दरवारमार्ग पुग्छौ । कोही नसामा लट्ठिएर हिँडिरहेछन् त कोही चुम्बन गरिरहेछन् । ठमेलको वास्तविक रङ राति साढे १२ बजेपछि मात्र महसुस हुन्छ । रत्नपार्कमा बेश्याको मुल्य दुई हजार हुन्छ भने ठमेलमा ५ हजारदेखि ३५ हजार । नाइट क्लवछेउको गल्लीमा पार्किङ गरेको एभेन्जर बाइकअगाडि एउटी (२४÷२५ बर्षकी) युवती रक्सीको नसाले खुट्टा पनि टेक्न सकेकी छैन भने उता नर्सिङचोकको एउटा किनारमा युवायुवतीले बर्गर पिज्जा खाइरहेछन् । रात जति छिप्पिदैछ उति ठमेलमा व्यवसायको सूर्योदय हुँदैछ । झगडाका बिउँ पनि रातसँझै रोपिदैछन् । हरेक दिन जसो पाँचदेखि १० बटासम्म झगडा हुन्छन् । प्रहरीको उपस्थिति देखावटी मात्र छ । देख्छौँ, स्रोह्रखुट्टे प्रहरीले झगडामा संलग्न भनेर केहीलाई पक्रन्छ । तर पुलिस भ्यान पकनाजोलतर्फ गुड्छ । हामी प्रहरीको गाडीका पछि लाग्छौँ । प्रहरी अँध्यारोमा अलप हुन्छ । केही समयपछि त्यही गाडी ठमेलको सञ्चयकोष अगाडि देखिन्छ । ठमेल बिहान तीन बजेसम्म नसामा झुम्छं, हात हातमा क्यान वियर र चुरोट लिएका अधिकांश अर्धनग्न युवती र युवाहरुसित । केही यौन व्यवसायी स्कुटीमा घुमी घुमी ग्राहक खोज्छन् । के समाजको ऐना यति धमिलो छ कि हामीले हाम्रो वास्तविक अनुहार पनि हेर्न सक्दैनौ ? प्रहरीलाई हप्ता बुझाउने गरेको यौन व्यवसायीले खुलेआम भन्छन् । यौनव्यवसायीसँग पुलिस रातमा लुकामारी खेल्छ र भन्छ ‘शान्ति सुरक्षा ।’ दिनमा व्यवस्था कायम गर्न भन्दै पुलिसले कोठाकोठामा छापा मार्छ । चोर र पुलिसको यस्तो खेल दिनहूँ यही सहरमा बसेर हेरिरहेछौंं र त भन्न मन लाग्छ– हामी त यो देशका दर्शक न हौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending