Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

ठमेलमा एक रातः जहाँ मान्छेका प्यास किन्न पाइन्छ

\"thamel\"
आँखाअगाडिबाट मान्छे किनिन्छ/बेचिन्छ तर प्रहरी लट्ठी फन्काउँदै गस्ती गर्छ र समाज सभ्य भएको दसी दिन्छ ।
भिडमा कोही हतारमा छन् त कोही फुटपाथमा बेच्न राखिएका सामान ओल्ट्याइपल्ट्याइ गर्दै मोलमोलाइ गरिरहेछन् । नाकैमा ठोकिने गरी भुटनको तीखो वासनाले झस्काएर मोबाइल हेर्दा साँझको ७ बज्दैछ । हेर्छौं, भुटन पाकिरहेको ठाउँमा बाक्लो भिड छ । कोही उभिएर भुटनको स्वाद लिइरहेछन् भने कोही साउनीसँग भुटन, मःमः र ससेस मागिरहेछन् । प्रायः अशान्त यस ठाउँलाई ‘शान्ति वाटीका’ नाम दिइएको छ । वाटीकाकै अघिल्तिर पश्चिमतर्फ चोकमा टुसुक्क बसेका छौँ । जुन चोकलाई भन्छन् रत्नपार्क । शाहवंशीय कुनै रानीको नाम हो, रत्न । रत्न नामभन्दा कयौं गुणा पार्क बदनाम छ । अचेल कसैलाई पनि पार्कमा जान अनुमति छैन । पार्कको बाहिरी भागलाई पनि रत्नपार्क भनिन्छ । केही दिनयता हामी त्यही रत्नपार्कका आगन्तुक छौँ । साँझ ७ देखि राति ९ बजेसम्म रत्नपार्कको वातावरणले तान्छ । ठमेलले तान्छ । बत्तीमा पुतली तानिएझै मानिस ठमेलको बत्तीमा झुम्मिन काठमाडौंको कुनाकुनाबाट पुग्छन् । तर रत्नपार्कको मधुरो बत्ती र ठमेलको चम्किलो बत्तीमा निकै भिन्नता छ । रत्नपार्कले अरब उड्न हिंडेका र सहरका गरिब र बेरोजगारलाई तान्छ भने ठमेलले सम्भ्रान्त र विदेशीलाई । सायद यही हो समाजको ऐना जसलाई निरन्तरता दिन चाहन्छौँ । तर बोल्न र विमर्श गर्न चाहन्नौँ । सरकारी घोषणा नभए नि मानिसहरुले नाम दिएका छन्– ‘रेड लाइट एरिया ।’ हामी उठ्छौँ । मधुरो अँध्यारो बाक्लिदै गाढा अँध्यारोमा फेरिदैछ जसरी क्यानभासमा रङ भरेपछि नयाँ स्वरुप देखा पर्छ । त्यसैगरी रत्नपार्कको स्वरुप पनि फेरिदो छ । मोवाइलको घडीमा ८ बज्न केही मिनट बाँकी छ । चहलपहल बाक्लिदो छ । यो चहलपहललाई समाजले बर्जित गर्छ र प्रहरी÷प्रशासनले वर्जित गर्छ । तर भिड प्रहरी उच्चायुक्त कार्यालयकै नाकमुनि बाक्लिदै छ । मान्छे आँखाअगाडि किनिन्छ÷बेचिन्छ तर प्रहरी आकासे पुलमा ‘कथित’ अव्यवस्था रोक्न हावामा लट्ठी फन्काउँदै समाज सभ्य भएको दसी टक्राउँछ ।
प्रायः अशान्त रहने ठाउँलाई ‘शान्ति वाटीका’ नाम दिइएको छ ।
केही हुल पुरुष यौनइच्छापूर्ति गर्न रत्नपार्कको बाक्लिदै गरेको अँध्यारोमा माछा मार्न चाहन्छन् । केही हुल यौन व्यवसायी शिकार गर्न अथवा आफ्नो दैनिक जीविका चलाउन सडकपेटीमा आफूलाई उभ्याउन बाध्य छन् । हामी सहरका दर्शक बनेर नियालिरहेछौं । यसअघि सुनाएजस्तो कसैले पनि ‘जाने हो’ भनेर सोधेको छैन । सायद तिनका नजरमा न ‘शिकारी’जस्ता लाग्छौं होला त त ‘शिकार’जस्तो । यसैबीच यस्तो संवाद हाम्रा कानमा ठोकिन्छ– ‘कति हो ?’ (साउतीको स्वरमा) तीनजना आएका मध्ये एक जनाले सोध्छ । ‘दुई हजार ।’ रातो रङको हेल्मेट, अग्लो जिउडाल, गोरो छाला, ओठमा बाक्लो लाली र मुहारमा पाउडर घसेर राम्रो बन्ने प्रयास गरेकी एक तेस्रो लिङ्गीले जवाफ दिन्छे । रत्नपार्क चोक नजिकैको ‘सबवे’नेर गेटमा मोलमोलाइको संवाद जारी छ । हामीले पछ्याइरहेछौं (उसले थाहा नपाउने गरी) । ‘मिलाउन मिल्दैन ?’ युवकले संवाद जारी राख्छ । ‘मिलाएर त भनेको नि ।’ ओठ र हात दुबै एकै पटक चलाउँदै उसले ‘होटेलमा जाने कि रुममा’ भन्दै सोध्छे । युवक ‘तीन सय’मा जान आग्रह गर्छ । एक सासमा जवाफ आउँछ– ‘हुँदैन ।’ जबाफसँगै युवक अर्कोतर्फ लाग्छ । उसले पनि आफ्नो ठाउँ फेर्छे । र, विस्तारै आफ्नो मादक चाल प्रदर्शन गर्दै वीर हस्पिटल तर्फ (खुलामञ्चको गेटतिर) लाग्छे । हामी भने रत्नपार्कबाट बागबजार तर्फ आउने आकासे पुलतिर लाग्छौँ । भीड पातलिएको छ । मोबाइलको घडीमा– ८ बजेर २० मिनेट लाग्दै छ । हामीले आकाशे पुलमा उक्लन्छौं । आकाशे पुलमा प्रहरी गस्ती छ । एउटा हवल्दार वाकीटकी सेटमा केही सुनिरहेको छ । तीन जना सिपाही हातमा लाठी लिएर ओहोरदोहोर गरिरहेछन् । बसपार्क पुगेर पुनः उही ‘सब वे’मा फर्कन्छौं । अघिकी रातो हेल्मेटवाली कहीँ देखा पर्दिन । यताउता खोज्छौं । दुई चक्कर लगाएर पनि नदेखेपछि उसले आजको जोहो गरी भन्ने लख काट्छौं । रातो हेल्मेटको खोजीमा निस्केर पुनः आकासे पुल तर्फ बढ्छौं । आकासे पुलबाट ओर्लेर पुलिसले ‘फुटपाथमा पसल लगाउन पाइन्छ ? ल हिँड्नुस अब भयो’ भन्दै बन्द हुँदैगरेका केही पसललाई उठ्न दबाब दिइरहेछन् । अब हामीलाई बुझ्न गारो भएन कि जतिबेला रत्नपार्कको ‘सब वे’तर्फ यौनधन्दाको मोलमोलाइ हुन्छ त्यसबेला प्रहरी आकासे पुलमा गस्ती गर्छ । बाटो काटेर भोटाहिटीहुँदै ठमेलतिर लाग्छौं । अँध्यारोमा कोही साउती गरेजस्तो लाग्छ । उही रातो हेल्मेटवाली रहिछ । एकछिन खुसी र तत्काल निरास हुन्छौँ । संवाद गर्दैछिन् तर ट्याक्सीमा आएको मान्छे उनलाई छाडेर अगाडि बढ्छ । हामीले कुरा थाल्छौंः ‘हामी दुईजना छौँ के गर्ने ?’ ‘पच्चीस सय लाग्छ ।’ ‘धेरै हुँदैन र ? हामीसँग जम्मा एक हजार छ ।’ (सकेजति उनीसित धेरै संवाद गर्नु छ ।) ‘उता त प्रहरीले गस्ती गरिरहेछ त ?’ ‘डन्ठेहरुको कामै के छ र हामीलाई दुःख दिन आउने त हो ।’ ‘किन ?’ ‘हप्ता बुझाउनुपर्छ । नत्र उभिन नै दिदैनन् ।’ ‘किन ?’ ‘जाने हो भने भन्नु नभए के सोधि रा होला ।’ त्यसपछि हामी ‘भैगो’ भन्दै ठमेल लाग्छौँ । अब स्पष्ट बुझ्छौं कि जहाँ यौन धन्दावाल हुन्छन त्यहाँ प्रहरी हुँदैन । तर प्रहरीले यति तयारी भने गरेको हुन्छ कि केही भइहाले दौडेर पुग्न सकियोस् र भाग्नेलाई भाग्ने मौका पनि दिन सकियोस् । सडकमा प्रहरी भ्यान साइरन बजाउँदै गुडिरहेछन् । जमलहुँदै ठमेल पुग्छौं । ठमेलको नसिंङचोक पुग्दा मोबाइलको घडीमा रातको १० बजेर १७ हुँदैछ । ठमेल । लगातार तीन दिनदेखि ठमेलको चक्कर लगाइरहेछौँ । ठमेलमा लाइटको चमक छ । संगीतको चर्को स्वर छ । युवायुवती अंगालोमा बाँधिएका छन् । भिड छ । ड्रग्सको कारोवार छ । यौन बजार छ । यी सबै टिकाउन प्रशासनको द्रब्यमय नजर छ । यसरी ठमेल सधैं मस्त छ । ठमेलको रात्रिकालीन यात्राको मुख्य आकर्षण नर्सिङचोकमा अवस्थित नगरकोट दोहोरी साँझ र त्यहाँदेखि थोरै भित्र रहेको अर्को एउटा नाइट क्लव हो । जहाँ सम्भ्रान्त परिवारका मानिसका आउजाउ देख्छौं । नर्सिङचोकदेखि सञ्चयकोष भवनको देब्रेतर्फ रहेको चोकसम्म ‘वन वे’ बाटो हो । तर यौन व्यवसायीले भने स्कुटी लिएर ओहोरदोहोर गर्न पाउँछन् । कयौं पटक ठमेललाई चक्कर लाउँछौ र नर्सिङचोकको एउटा अग्लो भवनको पसलपेटीमा अडिन्छौं । कोही जोडीमा छन् त कोही समूहमा । अत्याधुनिक मानिने अर्धनग्न मानिसका पोट्रेट चित्र हेरिरहेछौं । दरवारमार्ग पुग्छौ । कोही नसामा लट्ठिएर हिँडिरहेछन् त कोही चुम्बन गरिरहेछन् । ठमेलको वास्तविक रङ राति साढे १२ बजेपछि मात्र महसुस हुन्छ । रत्नपार्कमा बेश्याको मुल्य दुई हजार हुन्छ भने ठमेलमा ५ हजारदेखि ३५ हजार । नाइट क्लवछेउको गल्लीमा पार्किङ गरेको एभेन्जर बाइकअगाडि एउटी (२४÷२५ बर्षकी) युवती रक्सीको नसाले खुट्टा पनि टेक्न सकेकी छैन भने उता नर्सिङचोकको एउटा किनारमा युवायुवतीले बर्गर पिज्जा खाइरहेछन् । रात जति छिप्पिदैछ उति ठमेलमा व्यवसायको सूर्योदय हुँदैछ । झगडाका बिउँ पनि रातसँझै रोपिदैछन् । हरेक दिन जसो पाँचदेखि १० बटासम्म झगडा हुन्छन् । प्रहरीको उपस्थिति देखावटी मात्र छ । देख्छौँ, स्रोह्रखुट्टे प्रहरीले झगडामा संलग्न भनेर केहीलाई पक्रन्छ । तर पुलिस भ्यान पकनाजोलतर्फ गुड्छ । हामी प्रहरीको गाडीका पछि लाग्छौँ । प्रहरी अँध्यारोमा अलप हुन्छ । केही समयपछि त्यही गाडी ठमेलको सञ्चयकोष अगाडि देखिन्छ । ठमेल बिहान तीन बजेसम्म नसामा झुम्छं, हात हातमा क्यान वियर र चुरोट लिएका अधिकांश अर्धनग्न युवती र युवाहरुसित । केही यौन व्यवसायी स्कुटीमा घुमी घुमी ग्राहक खोज्छन् । के समाजको ऐना यति धमिलो छ कि हामीले हाम्रो वास्तविक अनुहार पनि हेर्न सक्दैनौ ? प्रहरीलाई हप्ता बुझाउने गरेको यौन व्यवसायीले खुलेआम भन्छन् । यौनव्यवसायीसँग पुलिस रातमा लुकामारी खेल्छ र भन्छ ‘शान्ति सुरक्षा ।’ दिनमा व्यवस्था कायम गर्न भन्दै पुलिसले कोठाकोठामा छापा मार्छ । चोर र पुलिसको यस्तो खेल दिनहूँ यही सहरमा बसेर हेरिरहेछौंं र त भन्न मन लाग्छ– हामी त यो देशका दर्शक न हौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy