Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

के एमालेलाई संसद्प्रति नै वितृष्ण पलाएको हो?

खबरडबली संवाददाता

काठमाडौं।  दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्दा समेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विघटन गलत भन्न चाहदैनन्।

उनी राजनीतिक परिस्थितिलाई दोष दिँदै आफूले सही कदम चालेको बताइरहेछन्। तत्कालीन नेकपामा विवाद भएपछि ओलीले असंवैधानिक तवरले दुई पटक संसद् विघटन गरे। भलै सर्वोच्च अदालतले दुुई पटक नै संसद् ब्युुँताइदियो।

जसका कारण राजनीतिक ध्रवीकरण बढेन। आफ्नै कार्यकालमा संसद् विघटन गरेका ओलीले त्यसपछि पनि सही आँखाले संसद्लाई हेरेनन्।

तत्कालन सभामुखले समान तवरले काम नगरेको भन्दै संसद् अवरुद्ध गर्न लगाए। इतिहासकै सबैभन्दा बढी संसद् विघटन गरे। तर कुनै सहमति बिना नै ओलीले अवरुद्ध पनि हटाए।

त्यसबेलाका सभामुख अग्नि सापकोटाले एमालेलाई मिलाएर संसद्मा बसाउन अनेक प्रयत्न गरे। तर हुन सकेन। सापकोटा तत्कालीन नेकपाको अध्यक्ष ओली रहँदा नै सभामुख बनेका थिए। यो त भयो गएको संसद् कार्यकालको कुरा ।

मंसिर ४ मा निर्वाचनपछि अहिले नयाँ जनादेश आएको छ। तर एमालेले भने पुरानै शैली अपनाइरहेको छ। प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा भारतीय नागरिकले आफूलाई प्रधानमन्त्री बनाउन प्रयत्न गरेको विषयलाई एजेन्डा बनाएर एमालेले संसद् अवरुद्ध गरिएको छ।

सत्तारुढ गठबन्धनले भने प्रधानमन्त्रीको वक्तब्यकै आधारमा राजीनामा दिन नपर्ने सहमति भएको छ। राजनीतिक विश्लेषकहरु समेत प्रचण्डले राजीनामा नै दिनुपर्ने काम नगरेको बताइरहेका छन्। तर एमाले भने प्रधानमन्त्रीको राजीनामा माग्दै निरन्तर संसद् विघटन गरिरहेको छ।

यसले गर्दा एमाले संसद् प्रति नै सशंक्ति हो भन्ने देखिएको छ। पटकपटकको विघटन र त्यसपछिको निरन्तर अवरुद्धले गर्दा एमालेले संसद्लाई हेर्ने नजरमाथि नै शंका भइरहेको छ।

एमाले सचेतक महेश बर्तौला भने प्रधानमन्त्रीले गम्भीर गल्ती गरेकै कारण राजीनामा मागेको बताउँछन्। उनी आफूहरु संसद्प्रति सकारात्मक रहेको र प्रधानमन्त्रीको गलत कदमको बिरोध गरेको सुनाउँछन्।

यही विषयलाई लिएर एमालेले दुई पटक संसद् अवरुद्ध गरिसक्यो। बुधवारको बैठकमा त महत्वपूर्ण मानिएको मिटरब्याज पीडितको अध्यादेश पारित हुने थियो। तर एमाले संसद् अवरुद्धमै लाग्यो। विधेयक पुनः ल्याउन सकिने तर राष्ट्रसँगको विषयमा खेलबाँड गर्न नहुने एमाले सचेतक बर्तौला बताउँछन्। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: