काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टि गरिएको छ । उनको राष्ट्रिय सम्मानका साथ बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
दिवंगत दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिएका थिए । सीतालाई माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव बैकुण्ठ अर्याल, सांसद, सचिव, कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेसाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायत लगायत सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ पुगेका थिए ।
उपप्रधानमन्त्री खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झन्ड ओडाएका थिए । आर्यघाटमा साथै सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीताको ६९ वर्षको उमेरमा मंगलबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो । दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत थिइन् ।










































यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: