काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-५ इन्द्र टोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय आईटी इन्जिनियर प्रवीण भट्ट समेत ७ जना रहेको प्रहरीले जनाएको छ ।
भट्टसँगै पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २, सिमराका निरजकुमार साह, राजविराज नगरपालिका १, डुम्रीका २५ वर्षीय डम्बर साह रहेका छन् ।
त्यस्तै उक्त आरोपमा गुल्मीको इस्मा गाउँपालिकाका ५ का ३२ वर्षीय ध्रुव थापा, झापाको झापा गाउँपालिका १, बेलौती बारीका ३१ वर्षीय बरजहान सेख र कलैया उपमहानगरपालिका २० वसन्तपुरका २३ वर्षीय रुस्तम मन्सुरीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उदयपुर कटारी नगरपालिका-४ बस्ने एक ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको मेसेन्जर तथा ह्वाट्सएप मार्फत उनीहरूको कुराकानी सुरु भएको थियो ।
त्यस क्रममा “तपाईंलाई सामान र ७० हजार अमेरिकी डलर पठाइदिएको छु” भन्दै ती महिलालाई त्यसको करको नाममा एक लाख ३० हजार ६२७ रुपैयाँ पठाउन लगाएका थिए । यसरी ठगी गरेको खुल्न आएपछि उनीहरूलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरिएको हो ।
साथै अनुसन्धानबाट उनीहरूले खोलेको संस्थाको खातामा एक वर्षको अवधिमा एक अर्ब, नौ करोड, एक लाख, ४२ हजार, ३९३ रुपैयाँको कारोबार भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरू माथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र सङ्गठित अपराध सम्बन्धी कसुरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: