झापा । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा.सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।
नेपालमा क्यान्सर रोगको उपचारलाई अझै भरपर्दो र सुविधायुक्त बनाउन दक्षिण एसियाका दुई अत्याधुनिक अस्पतालबीच चिकित्सा विज्ञानका विविध विषयमा सहयोगको आदान–प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.यादवले बताए ।
क्यान्सर उपचारको क्षेत्रमा भइरहेका नयाँ अनुसन्धान, नवीनतम् प्रविधि, टेलिमेडिसिन र उपचारमा सहुलियत आदान–प्रदान गरिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार राजीव गान्धी क्यान्सर अस्पतालले पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने छ भने रोबोटिक सर्जरीका विषयमा नेपाली चिकित्सकहरूलाई प्रशिक्षित गराउने भएको छ ।
राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. सुधीरकुमार रावलले आफ्नो अस्पतालमा क्यान्सरको उपचारका लागि आउने नेपालीको सङ्ख्या १५ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । “क्यान्सरको भरपर्दो उपचारका लागि भारतमा आउनुपर्ने पहिले–पहिले बाध्यता थियो”, उनले भने, “अब त पूर्वाञ्चल क्यान्सर अस्पतालमै अत्याधुनिक उपचार पद्धति र उपकरणको सहायताबाट उपचार हुन थालिसकेको हुँदा बिरामीले नेपालमै राम्रो उपचार पाउने सम्भावना छ । हामी तपाईँहरूका लागि प्रविधि, अनुसन्धान र जनशक्ति प्रशिक्षणका लागि सहयोग गर्न तयार छौँ ।”
उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा रोबोटिक सर्जरी र टेलिमेडिसन सेवा सञ्चालन गर्न राजीव गान्धी अस्पतालले सहयोग गर्ने र उक्त अस्पतालको सिफारिसमा थप उपचार आवश्यक परेका बिरामीलाई सहुलियत प्रदान गरिने जानकारी दिए ।
सम्झौता आदान–प्रदान कार्यक्रममा बोल्दै बीएन्डसी हस्पिटलका डाइरेक्टर प्राडा उमेश शर्माले नेपालले चिकित्सा क्षेत्रमा फड्को मारिरहेको चर्चा गर्दै राजीव गान्धी क्यान्सर अस्पतालसँगको सहकार्य र सम्बन्ध विस्तारबाट क्यान्सरको उपचारका लागि नेपाली बिरामीले ठूलो लाभ पाउने विश्वास गरिएको बताए ।
झापाको बिर्तामोडमा सन् २०२० मा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा दैनिक दुई सय बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: