Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नेपालले लियो बंगलादेशसँग हारको बदला, चुम्यो उपाधि

खबरडबली संवाददाता

बाठमाडौँ। गत वर्ष साफ च्याम्पियनसिपमा घरेलु मैदानमै हार चखाएको बंगलादेशलाई नेपालले बदला लिएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशमा भएको दुई मैत्रीपूर्ण खेलको ट्रफी आफ्नो पक्षमा पार्दै हारको बदला लिएको हो। 

घरेलु टोलीलाई दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित निकालेको हो। 

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो।  

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो। 

बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाईन्। 

यो सँगै नेपालले दुई खेलको सिरिज आफ्नो पक्षमा पारेको छ। बंगलादेशलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले साफको फाइनलमा भोगेको हारको बदला समेत लिएको छ। 

नेपाल र बंगलादेशले पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेका थिए।

गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालदेशसँग ३–१ ले पराजित भएको थियो। 

खेलमा बंगलादेशसँग केही दबाबमा रहेको नेपालले गोलका लागि उत्कृष्ट अवसर सृजना गर्न सकेन। 

खेलको चौथो मिनेटमा नै बंगलादेशकी मिडफिल्डर मोनिका चक्माको फ्रिकीकमा कप्तान सविना खातुनको प्रहार क्रसबारमा लाग्दै गोललाईनबाट गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले रोक्दा बंगलादेशका खेलाडीबीच तालमेल नमिल्दा डिफेन्डरले क्लीयर गरिन्। 

खेलको ४३औं मिनेटमा सावित्रा भण्डारीको फितलो प्रहार बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले सहजै बचाइन्। खेलको ४४औं मिनेटमा साम्बाको प्रहर गोलरक्षकले बचाइन्। 

खेलको ८२औं मिनेटमा सवित्रा भण्डारीको फ्रिकीक गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो।

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending