Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मन्त्री शर्मा र इजरायली राजदूतबिच भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रको विकासका लागि इजरायलसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताइन् । नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री शर्माले कृषिमा यसको प्रयोग गर्न चाहिरहेको बताएकी छन् । 

पहिलेको तुलनामा सूचना प्रविधिको क्षेत्रमा नेपालले पनि उल्लेख्य विकास गरेको जानकारी दिंदै मन्त्री शर्माले सूचना प्रविधिलाई राज्यको प्राथमिकतामा राखिएको बताइन् । ‘हामीले सरकारको नीति तथा कार्यक्रममार्फत पनि यो स्पष्ट गरेका छौं कि अब नेपालमा सूचना प्रविधि प्राथमिकताको क्षेत्र हो’– उनले भनिन्– ‘डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको छ ।’

देशभरि सूचना सञ्चारको पहुँच विस्तार तीब्र गतिमा भइरहेको उल्लेख गर्दै उनले यसमा प्रधानमन्त्रीको उच्च प्राथमिकता रहेको मन्त्री शर्माले जानकारी गराइन् । इन्टनेटको फोजी सेवा देशभरि पुर्याउने कामलाई अन्तिम चरणमा पुर्याइएको उल्लेख गर्दै मन्त्री शर्माले फाइभजी सेवा पनि परीक्षणका लागि क्रममा रहेको बताइन् । उनले नपालले आफ्नै स्याटेलाइट राख्ने सवाललाई पनि प्रथामिकतामा राखेको उल्लेख गर्दै सस्तो र गुणस्तरीय स्याटेलाइट राखेर सूचना प्रविधिको विकासलाई नयाँ आयाम दिने सरकारको सोंच रहेको बताएकी छन् ।

राजदूत गोडरले पछिल्लो समय नेपालले चाँडो चाँडो विकास गरिरहेको बताए । आफू लामो समयदेखि नेपालमा रहेको उल्लेख गर्दै उनले पछिल्लो समय सूचना प्रविधिलगायत सबै क्षेत्रमा नेपालले तीब्र विकास गरिरहेको बताए ।

नेपालको एउटा प्रदेशको हाराहारीमा रहेको इजरायलले सूचना प्रविधिमा धेरै विकास गरेको औल्याउँदै उनले सूचना र सञ्चारको क्षेत्रमा प्रभावकारी सेवा भएन भने अबका दिनमा विश्व समुदायमा प्रतिष्पर्धा गर्न कठिन हुने भएकाले पनि विश्वले यस क्षेत्रमा चाँडोचाँडो विकास गरिहेको बताए । नेपालमा धेरै हिमाली र पहाडी क्षेत्र भएकाले सबै ठाउँमा बराबरी सञ्चार सुविधा पुर्याउन कठिनाइ देखिएको उल्लेख गर्दै उनले नेपालले आफ्नै स्याटेलाइट राख्न सकेको हकमा निकै प्रभावकारी हुने सुझाव पनि दिए । 

भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending