Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

समयमा उपचार नगर्दा समस्या बन्दै हाइड्रोसिल

खबरडबली संवाददाता

विराटनगर ।  मोरङको सुनवर्षी नगरपालिका ३ का ४५ वर्षका हरी ऋषिदेव (नाम परिवर्तन) को अण्डकोष वरिपरि पानी भरिएर ठूलो आकार भएको वर्षौं भइसकेको छ ।

अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोगलाई मेडिकल भाषामा हाइड्रोसिल भन्ने गरिन्छ । हाइड्रोसिल भनेको पुरुषको अण्डकोषको बाहिरी भागमा पानी जम्मा हुनु हो । हरिको अण्डकोषको आकार पनि बढ्दै गएको छ । हाइड्रोसिलको शल्यक्रिया नेपाल सरकारले सरकारी अस्पतालमा निःशुल्क गर्ने गरेको छ । तर, यो कुरा हरिलाई थाहा छैन । ‘अहिले अण्डकोषको आकार बढदै गएकोले हिडडुल गर्न असहज हुने गर्दछ,’ उनले भने, ‘अहिले अण्डकोषको आकार दिनप्रतिदिन बढदैछ ।’

हाइड्रोसिलको समस्या झेल्ने गाउँमा हरि एक्ला बिरामी होइनन् । उनको गाउँ सुनवर्षी नगरपालिकाभित्र ३३८ जनालाई हाइड्रोसिलको समस्या छ । जिल्ला स्वास्थ्य कार्यालयले संकलन गरेको तथ्यांक अनुसार सुनवर्षीमा यो समस्या जिल्लाकै धेरै देखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । विगतमा फाट्फुट रुपमा देखिएको यो रोग अहिले सुनवर्षीसहित मोरङको दक्षिण क्षेत्रमा हाल धेरै बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

मोरङको १७ स्थानीय तहमा १ हजार ५८७ जनामा हाइड्रोसिलको समस्या पहिचान भएको छ । त्यसमध्ये सबैभन्दा बढी सुनवर्षी नगरपालिकामा भेटिएको हो । स्वास्थ्य कार्यालय मोरङले डाक्टर विशाल देव र डाक्टर कमलेश यादवको टोली हाइड्रोसिल रोगको परीक्षणको लागि खटाएको थियो । मोरङको १७ वटा स्थानीय तहमा पुगेर गरेको परीक्षणको क्रममा सबैभन्दा बढी सुनवर्षी नगरपालिका भित्रका पुरुषहरुमा हाइड्रोसिल देखिएको कार्यालय प्रमुख मेहताले बताए ।

सुनवर्षीपछि दोस्रोमा रतुवामाई नगरपालिकाभित्र हाइड्रोसिलको समस्या देखिएको छ । रतुवामाइ नगरपालिका भित्र १५९ जनामा हाइड्रोसिल रोग देखिएको छ । यसैगरी तेस्रोमा धनपालथान गाउँपालिकामा यो समस्या छ । धनपालथानमा १५८ जनामा यो समस्या छ भने जहदा गाउँपालिकाका १५७ जनामा हाइड्रोसिल देखिएको छ ।

यसैगरी मोरङको बुढीगंगा गाउपालिकाभित्र १४९, उर्लाबारी नगरपालिकामा ३४, मिक्लाजुङ्ग गाउँपालिकामा २१, कटहरी गाउँपालिमा ६८, ग्रामथानमा ३८, सुन्दरहरैचा नगरपालिमा १०६, पथरीशनिश्चरे नगरपालिकामा ४३, केराबारी गाउँपालिकामा ३६, लेटाङ्ग नगरपालिकामा ५१ जनामा हाइड्रोसिल रोग देखिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका भित्र ४९, रंगेली नगरपालिकामा ९६ जनामा हाइड्रोसिल रोग देखिएको छ । ‘मोरङको ग्रामिण र दक्षिण क्षेत्रमा धेरै हाइड्रोसिल रोगका विरामी देखिएको छ,’ स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. मेहताले भने, ‘सहरी क्षेत्रमा भन्दा पनि ग्रामिण क्षेत्र र मोरङको दक्षिण क्षेत्रमा हाइड्रोसिल रोगका विरामी धेरै देखिए ।’ लामखुट्टेको टोकाइबा हाइड्रोसिल रोग हुने गरेको उनले बताए । ‘सचेतनाको कमी, सावधानी नअपनाएको कारणले हाइड्रोसिल रोगका विरामी मोरङको ग्रामिण क्षेत्रहरुमा बढदो रहेको छ,’ उनले भने, ‘हाइड्रोसिलको शल्यक्रिया गरे यो रोग निको हुन्छ ।’ ४० वर्षदेखि माथि उमेरका पुरुषमा हाइड्रोसिल रोग बढी देखिएको उनले सुनाए । ‘हामीले १७ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई तालिम दिएका थियौं । उहाँहरु तालिम लिएपछि गाउँ–गाउँमा जाँदा हाइड्रोसिल भएका बिरामी भेटेका थिए । पछि चिकित्सकसहितको टोली गएर परीक्षण गर्दा हाइड्रोसिल रोग भएको पत्ता लागेको हो,’ उनले भने, हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुन सक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोष सुनिएको वा ठूलो भएको जस्तो देखिन्छ । हाइड्रोसिलले कहिले दुखाइ पैदा गराउदैन तर अण्डकोषको आकार भने ठूलो बनाउँछ ।’
सय जनाको उपचार गर्ने लक्ष्य

नेपालमा हाइड्रोसिलका बिरामी करिब एक लाख रहेको अनुमान छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । अहिले कोशी अस्पतालमा हाइड्रोसिल रोगको निःशुल्क शल्यक्रिया हुने गरेको छ ।आर्थिक वर्ष २०७९/०८० मा ६५ जनाको लक्ष्य लिएकोमा ८४ जना हाइड्रोसिल भएका बिरामीको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल अधिकृत गोविन्द कटुवालले बताए । चालू आर्थिक वर्षमा २०८०/०८१ मा हाइड्रोसिलका एक सय जना बिरामीको शल्यक्रिया गर्ने योजना रहेको उनले बताए ।

नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । उक्त कार्यक्रमअन्तर्गत नै कोसीले विगत १४ वर्षदेखि निःशुल्क सेवा सुरु गरेको हो । सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेवापत ५ हजार ५०० रुपैयाँ दिने गरेको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधिका लागि पुग्नेछ । तीन वर्षमा कोशीमा १५२ जना हाइड्रोसिलका बिरामीको शल्यक्रिया भएको कटुवालले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ मा १६ जनाको गरिएको छ । यस्तै २०७८/०७९ मा ६२ जनाको हाइड्रोसिलको शल्यक्रिया गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending