रौतहट । रौतहटको मौलापुरका मेयर रिना साहले वर्षौदेखीको विवादित सडकलाई विस्तार गरी सुचारु गरेकी छन् । सडक विस्तारमा अवरोध गरी विवादित बनाउँने र सर्वसधारणको यातायातमा अवरोध गरिएको ‘बौद्धा–पथरा–पिपरिया’ सडक खण्डको पथरामा मेयर साहले सडक विस्तार गरी अगाडी बढेकी हुन् ।
सो सडकलाई बर्षौदेखी विस्तारमा अवरोध गरिएको थियो । सर्वसधारणको समेत साथ पाएकी मौलापुरकी मेयर साहले सडक विस्तारको कामलाई तिब्रगतिमा अगाडी बढाउँने बताएकी छन् ।
अहिले सर्वसधारणको समेत सहयोग पाएकी मेयर साहले डोजर लगाएर सो सडकमा पर्ने भौतिक संरचना भत्काउँदै अगाडी बढेकी छन् । उनको काम देखेर सर्वसधारणले समेत साथ र सहयोग गर्न थालेका छन् । सडक विस्तारमा आउँने कुनै पनि अवरोधलाई नसहने र विस्तार कार्यलाई जसरी पनि अगाडी बढाउँने स्थानिय रामेश्वर यादवले बताए ।
यो एक किसिमको चमत्कार नै भउको बताउँदै उनले मेयर रिना साहलाई काम गर्न अवरोध गरेर सडक विस्तारमा वाधा पुर्याउँने काम भए पनि अहिले उनी आफैले डोजर चलाएकी उनको भनाइ छ । अब सडक विस्तार कोही कसैले रोक्न नसक्ने र रोके आफुहरुले पनि प्रतिकार गर्ने यादवले बताए ।
आम जनसमुदायको सहभागितामा दुवै पक्षलाई समझदारी गराई शान्तिपूर्ण तरिकाबाट सडक कार्यको काम भईरहेको मौलापुरका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताए ।
केही वर्ष देखि त्यो सडक सिमांकनको विवादले रोकिएको थियो तर त्यो विवाद मेयर साहको पहलमा समाधान भएको छ । त्यो सडक विस्तार कार्यले त्यहाँको आम जनता हर्षित भएका छन् । अहिले विवादित संरचना भत्काई सडक विस्तारको काम समेत तिब्र गतिमा अगाडी बढेको छ । मेयर साहसंगै उपप्रमुख नागेन्द्र यादवले समेत सडक विस्तारलाई अगाडी बढाउन प्रभावकारी भुमिका निर्वाह गरेका छन् ।
रौतहटको क्षेत्र नं. ३ मा पर्ने सो सडकलाई जसरी पनि विस्तार गरी सर्वसधारणलाई यातायातको राम्रो सेवा दिनुपर्नेमा सर्वसधारणको अहिले एकमत रहेको छ । सो क्षेत्रबाट आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: