Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कुमार घैंटे इन्काउन्टरबारे प्रहरीको आधिकारिक विवरण यस्तो छ

\"kumar_ghaite\"काठमाडाैं । महानगरिय प्रहरी अपराध महासाखाले कुमार घैंटेको इन्काउन्टरबारे आफ्नो अधिकारीक धारणा सार्वजनिक गरेको छ । विहीबार पत्रकार सम्मेलन मार्फत महासाखाले आफ्नो आधिकारीक भनाइ बाहिर ल्याएको हो । प्रहरीले सार्वजनिक गरेको विवरण यस्तो छ । घटनास्थल : का.जि. का.म.न.पा. वडा नं. २९ कपुरधारा स्थित वालकुमारी मार्ग , समय :अन्दाजी ११ः२० वजे प्राप्त सुचनाको आधारमा महाशाखाबाट खटिएको विशेष टोलीले का.जि. का.म.न.पा. वडा नं. २९व्रिटिस एम्वेसीबाट कपुरधारा तर्फ जाँदै गर्दा विपरित दिशाबाट पल्सर मोटरसाईकल र स्कुटरमा ७÷८ जना व्यक्तिहरु अस्वभाविक गतिमा शंकास्पद रुपमा व्रिटिस चिहानसँगै जोडिएको बाटोबाट पश्चिम तर्फ मोडिएर गएको देख्यो । शंकाको आधारमा पिछा गर्दै अगाडी चोकमा पुग्दा ड्युटीमा खटिएको प्रहरीले हामी प्रहरी हौं चेकजाँचको लागि रोक्नुस् भनि जनाउ दियो । तर घघैंटेसहितको मो.सा. मा आएका समुह तितर वितर भयो । उत्तर तर्फ लागेको समुहलाई पिछा गर्दा वालकुमारी चोक सडक भित्र रहेको खाली ठाउँमा पुगेपछि ४÷५ जना व्यक्तिले आफ्नो मोटरसाइकल रोकी प्रहरीलाई मार्ने उद्देश्यले पेस्तोल निकाली प्रहरी तर्फ नै फायर गर्यो । केहिले ईट्टा, ढुङ्गा समेत प्रहार गरि आक्रमण गरे । यस्तो अवस्थामा अवस्थामा प्रहरी कर्मचारीले आफ्नो आत्मरक्षाको लागि अन्तिम उपाय स्वरुप आफुहरु सँग रहेको हतियारबाट फायर गर्दा ३ जना व्यक्तिहरु घाईतभए । उनीहरुलाई उपचारको लागि शिक्षण अस्पताल लगियो । घाइते मध्येका सनाखत हुन आएका कुमार घैंटे भन्ने कुमार श्रेष्ठको मृत्यु भयो । अन्य दुई जना घाइते सामान्य अवस्थामा हुन्छ । घटनामा प्रहरी तर्फ ३ जना घाईते छन् । घटनास्थलबाट पछि सनाखत हुन आएका कुमार घैंटे भन्ने कुमार श्रेष्ठले प्रहरीलाई गोली प्रहार गरेको9mm 9Round Made in Italy को 22220 पेस्तोल थान १ र ऐ को गोली ४ राउण्ड समेतका सवुत प्रमाणहरुफेला परी बरामद गर्याे। कुमारले गरेको ७ दुष्कर्म यस्तो छ : –मिति २०५५ साल कार्तिक ५ गते २२ः१५ बजेको समयमा वर्ष २१ को प्रेम गुरुङ्गलाई का.जि.का.म.न.पा.वडा नं.२९ मा घैटे भन्ने कुमार श्रेष्ठ र राजु श्रेष्ठले खुकुरी र खुँडा प्रहार गरी ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको । – मिति २०६०।०४।१४ गते १२ः०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.७ चावहिलमा बस व्यवसायी संघको कार्यालयमा तोडफोड गर्ने कार्यमा संलग्न रही सार्वजनिक अपराध मुद्दामा कारवाही भएको । –मिति २०६२।०३।१८ गते राती अन्दाजी १०.०० बजे का.जि.का.म.न.पा.२९ सामाखुशी स्थित भन्ज्याङ दोहोरी साँझामा म्याग्दी राखु पिप्ले २ घर भई सामाखुशी बस्ने वर्ष ३६ को कुमार मल्ललाई कुटपिट गरेको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको । – मिति ०६३।०५।१६ गते राती का.जि.गोंगवु स्थित सोगल डान्स रेष्ट्ररेण्ट अगाडी सडकमा जिल्ला काभ्रे सरमथली ८ घर भई का.जि.काठमाण्डौ बस्ने विष्णु लामालाई गोली प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको । – मिति ०६३।०३।१८ गते राती अन्दाजी ०३ः०० बजेको समयमा का.जि.का.म.न.पा.२९ सिद्दि गणेश मा.वि.अगाडी वा.१ ज.२३४७ नम्बरको ट्याक्सीमा गई रहेका निज घैंटे भन्ने कुमार श्रेष्ठ समेतले वा.५ च.८८६ नंम्बरको गाडीमा चढेका प्रेम लामा समेतलाई धारीलो हतियार प्रहार गरी घाईते तुल्याएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको । – मिति २०६३।११।२६ गते जिल्ला कास्की पोखरा घर भई का.जि.गल्कोपाखा बस्ने हनेन्द्र सिंहलाई का.जि.का.म.न.पा.गल्कोपाखामा धारीलो हतियार प्रहार गरी घाईते बनाएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको । –मिति २०६५।०७।२४ गते साँझ अं.१७ः३० वजे का.जि.का.म.पा.१ दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते वनाएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा कारवाही भएको ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending