Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

चिकित्सक अभाव हुँदा बिरामीलाई सास्ती

खबरडबली संवाददाता

रोल्पा  । रोल्पा अस्पतालमा चिकित्सक नहुँदा बिरामीले उपचारमा सास्ती भोग्नु परेको छ । विशेषज्ञ चिकित्सक १० र मेडिकल अधिकृत छ गरी १६ दरबन्दी रहेको उक्त अस्पतालमा हाल तीनजना चिकित्सक मात्रै कार्यरत रहँदा सेवा प्रभावित भएको हो ।

सङ्घ र प्रदेश सरकार दुर्गमका नागरिकप्रति उत्तरदायी नहुँदा यहाँका स्थानीय स्वास्थ्य सेवावाट वञ्चित भएका छन् । हाल एकजना चिकित्सकले दैनिक एक सय बढी बिरामीको उपचार गर्नुपरेको चिकित्सक रणबहादुर बोगटीले बताए । उनका अनुसार दैनिक एक सय ५० बढी बिरामी उपचारका लागि आउने गरेकाले केही वर्षअघिदेखि सुरु गरिएको जटिल प्रसूति शल्यक्रिया सेवा अवरुद्ध भएको छ ।

चिकित्सक बोगटीले शल्यक्रिया गर्न जनशक्ति अभावका साथै सहयोगी एनेस्थेटिक चिकित्सक नहुँदा सेवा प्रभावित भएको बताए । शल्यक्रिया गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालले सेवा दिन नसकेपछि उनीहरु ठूलो धनराशि खर्चिएर जिल्लाबाहिर जान बाध्य भएका उनको भनाइ थियो । चिकित्सक बोगटीले पाँच वर्ष अस्पतालमा करार सेवामा कार्यरत चिकित्सक प्रकाश बुढाको करार अवधि सकिएपछि जटिल अवस्थाका सुत्केरीको शल्यक्रिया सेवा अवरुद्ध भएको जानकारी दिए ।

उनका अनुसार एघारौँ तहको एक विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिलेसम्म आठौँ तहभन्दा माथिका चिकित्सक आएका छैनन् । “नवौँ र दशौँ तहका जनरल फिजिसियन, पेडियाटिसियन, अव्सट तथा गाइनो, जनरल सर्जन, अर्थोपेडिक, एनेस्थेसियोलोजिष्ट, रेयिोलोजिष्ट, प्याथोलोजिष्ट र साइकाष्टिक गरी दश  कन्सल्टेन्ट चिकित्सकको दरबन्दी रहेकामा एकजना पनि कन्सल्टेन्ट चिकित्सक छैनन्”, उनले भने, “आठौँ तहका छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा हाल एकजनाले सेवा दिइरहेका छन् ।”

चिकित्सक लोकरत्ना ज्ञवाली निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत छिन् । ज्ञवाली एकमात्र स्थायी चिकित्सक हुन् । एमडिपिजी चिकित्सक रणबहादुर बोगटी साइमन नामक संस्थाको सहयोगमा करार सेवामा कार्यरत छन् । रोल्पा अस्पतालमा कार्यरत चिकित्सक निरज घर्तीमगर पढाइ सकेर एक वर्ष दुर्गममा सेवा गर्न आएका हुन् ।

दैनिक कार्यालयको काममा व्यस्त रहनुपर्ने बाध्यताले अस्पतालमा दुईजना चिकित्सकले दैनिक एक सय ५०  बढी बिरामीको उपचार गरिरहेका कार्यालय प्रमुख ज्ञवालीले बताए । करार सेवामा कार्यरत आधा दर्जन बढी चिकित्सकको सेवा नवीकरण नगर्दा अस्पतालमा जनशक्ति अभाव भएको उनको भनाइ थियो ।

प्रमुख ज्ञवालीका अनुसार डा. आधार वली, चिकित्सक प्रकाश बुढा, डेन्टल सर्जन डा. पूजा कुँवर, चिकित्सक तिलक डाँगी र चिकित्सक रेश्मा घर्तीमगरले करार नवीकरण नहुँदा अस्पतालबाट बाहिरिएका हुन् । उनीहरुमध्ये अधिकांश दुर्गममा अनिवार्य सेवाका लागि खटिएका चिकित्सक हुन्  ।

चिकित्सक कम हुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्रमुख ज्ञवालीले बताए । “सम्बन्धीत निकायमा जानकारी गराएका छौँ, सुनुवाइ हुने अपेक्षा गरेका छौँ”, उनले भने । जिल्लामा अर्थो, पाठेघर सङ्क्रमण, पाठेघर खस्ने, यौन रोग, मानसिक रोग, कलेजोको रोगका बिरामी बढी आउने गरेका उनले जानकारी दिए ।

जिल्ला अस्पताल लामो समयदेखि प्रमुखविहीन रहेको ज्ञवालीले बताए । “प्रदेश सरकारले प्रादेशिक अस्पताल बुटवलबाट हाडजोर्नी विशेषज्ञ डा. सोमबहादुर आलेलाई तीन महिनाका लागि काजमा यहाँ पठाए पनि उहाँ सरुवा भइसक्नु भएको छ”, उनले भने ।

स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा यसरी चिकित्सकको अभाव हुनु सरकारको लाचारीपन भएको नागरिक समाजका अगुवा ओम केसीले बताए । “स्वास्थ्य जस्तो नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा राज्य गम्भीर नहुनु दुःखद हो”, उनले भने, “जिल्लाका जनप्रतिनिधि, राजनीतिक दललगायत सम्बन्द्ध निकायले अस्पतालमा चिकित्सक व्यवस्थापनमा ध्यान नदिनु लापर्बाही हो ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending