Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

सर्लाहीमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीमा केही दिनदेखि गर्मी बढेसँगै आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तन भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको आँखा रोग विशेषज्ञहरूले बताएका छन् ।

शुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्ष्ण देखिने गरेको हरिपुर नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका प्रमुख अनिल चौधरीले बताए ।

विद्यालय र समुदायमा आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दै गएकाले घुम्ती शिविर सञ्चालन गरेर बिरामीको उपचार गरिने चौधरीले जानकारी दिए । बिरामीको आँखामा सङ्क्रमण बढ्दै जाँदा थप समस्या आउने भएकाले समयमा ध्यान दिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

आँखा पाक्ने रोगबाट बढी विद्यार्थी र शिक्षक प्रभावित भएका छन् । बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने विज्ञहरू बताउँछन् ।

आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफूखुशी औषधी किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझावविना औषधि प्रयोग नगर्न डाक्टर राकेश ठाकुरले सुझाव दिए । ‘ सङ्क्रमण विभिन्न कारणले हुने हुँदा सम्बन्धित अस्पतालमै गएर जाँच गराउनुपर्छ, आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्ने भएकाले सरसफाइमा ख्याल गर्नुपर्छ । ढिला गरी उपचारमा आउँदा आँखाको नानीमा घाउ हुन्छ, त्यसले सधैँका लागि दृष्टि गुम्न पनि सक्छ । समयमा उपचार गरे तीनरचार दिनभित्र निको हुन्छ’, ठाकुरले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री जम्कट्टेलको सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन्। यस अवसरमा मुख्यमन्त्री जम्कट्...

अत्यधिक गर्मिले खाेला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !

रौतहट । राैतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला  शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन । करिब दुई महिना आगाडी  देख...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखदः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिस...

श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्व प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसर...

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपाल...

रसुवामा सम्बन्धविच्छेद घटना बढे, नौ महिनामा ८१ वटा मुद्दा

रसुवा ।  गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा  रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्...

पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हंगामा

काठमाडाैं । भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ । एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्ना...

गोदावरीको जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका पहरीको पनि मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि मृत्यु भएको छ । आगो निभाउ...

मन्दीकाे वाहनामा जोखिममा जीउदै श्रमिकहरु

काठमाडाैं । पछिल्लाे समय आर्थिक मन्दीकाे बाहनामा सबैभन्दा ठूलो मर्का दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेलाई परेको छ । दैनिक ज्यालादारीमा कामगर्ने...

श्रम अधिकार कानुनमा छ, व्यवहारमा छैन

काठमाडौं  । ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालभर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies