Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्न भुटानको चासो

खबरडबली संवाददाता

रुपन्देही । बौद्ध धर्मावलम्बीहरु धेरै रहेको भुटानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानको अनुमति मागेकाे छ । अहिलेसम्म काठमाडौंबाट मात्र उडान भरिरहेको भुटानले बुद्ध जन्मस्थल रुपन्देहीमा रहेको यो विमानस्थलबाट उडानको अनुमति मागेको हो ।

भुटानले अनुमति मागे सँगै लामो समयदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश स्थानीयलाई भने खुसी बनाएको छ । ०७९ जेठ २ गतेबाट संचालनमा आएको यो विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि स्थानीयलाई निरास बनाएको थियाे । सातामा तीन उडान गरिरहेको जजिरा एयरलाइन्सले भैरहवामा केही समययता आफ्नो उडान स्थगित गरी काठमाडौं केन्द्रित गरेको छ । हिमालय एयरले पनि उडान रोकेको महिनौं भएको छ । लामो समय विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल उडानबिहीन हुँदा निजी क्षेत्रमा चरम निराशा छाएकाे छ । भुटानले नियमित उडान गर्यो भने राहत मिल्ने व्यवसायीहरु बताउँछन् ।

गौतमबुद्ध विमानस्थललाई लक्षित गरेर निजी क्षेत्र भैरहवा र आसपासमा अर्बौं लगानी गरेका छन् । भुटानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडानको प्रस्ताव गरेको छ । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको ‘भुटान सिभिल एभिएसन अथोरिटी’ले भैरहवा र पोखराबाट उडान अनुमति मागेपछि अर्र्बौ लगानी गरेको निजी क्षेत्र उत्साहित बनेको छ ।

भुटानले उडान अनुमति माग गरेर गत शुक्रबार नेपाल नागिरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको हो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिन कुनै प्राविधिक समस्या नरहेको प्राधिकरणले जनाएको छ । भुटानी वायुसेवाले नेपालमा दशकौंदेखि उडान भर्दै आइरहेकाले छ ।

दुई देशबीच एक दशकअघि वार्षिक २ लाख १८ हजार सिटका लागि हवाई सम्झौता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भुटानका दुई अन्तर्राष्ट्रियसहित ३० वटा वायुसेवाले उडान भर्दै आएका छन् ।

नेपालका नयाँ सहरमा सिधा उडान हुँदा ठूलो संख्यामा बौद्धमार्गी पर्यटक लाभान्वित हुनसक्ने भुटानको आकलन छ । चाँडो अनुमति दिलाउन र सहजीकरण गर्न भुटानको सम्बन्धित मन्त्रालयले भनेको छ । भुटानले यी दुई रुटमा हुने अन्तर्राष्ट्रिय उडानले नेपाली र भुटानीबाहेक अरू मुलुकका पर्यटकका लागि पनि सहज हुने पत्रमा उल्लेख गरेको छ ।

लामो समयदेखि यो विमानस्थललाई पूर्ण रुपमा संचालनका लागि माग गर्दै आएका पर्यटन व्यवसायी र निजी क्षेत्रले अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले उठानको चासो राखेपनि सरकारले आवश्यक वातावरण तयार नगरेको र क्यान आफै यसका लागि सहज नभएको गुनासो गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending