Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

तुलसीको पात 'ब्लड प्रेसर लो'का लागि अचुक घरेलु औषधि

खबरडबली संवाददाता

काठमाडौ  । धेरै पटक शरीरमा यस्ता रोगहरू देखा परेका हुन्छन, जसलाई हामीले सामान्य सम्झेर उपचारमा त्यति ध्यान दिएका हुदैनौं र दिँदैनौँ । त्यो मध्ये एउटा रोग हो– न्यून रक्तचाप ।

बोलीचालीको भाषामा यसलाई ब्लड प्रेसर लो पनि भनिन्छ । धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर उपचारमा ध्यान दिदैनन् ।

कम रक्तचापको सामान्य लक्षणहरूमा चक्कर लाग्नु, शरिर कमजोरी हुनु आदी हुन् । कम रक्तचापले समयमै उपचार नपाएमा हृदयघात, स्ट्रोक र मृगौला सबन्धी रोगको सामना गर्नुपर्ने हुनसक्छ । तर, ब्लड प्रेसर लोको समस्या भने घरमै पनि सामान्य तरिकाले समाधान गर्न सकिन्छ, त्यो पनि केही घरेलु उपायको मद्दतले ।

यसरी ब्लड प्रेसर लोको उपचार गर्ने घरेलु उपायहरुः
डिहाइड्रेसन: शरीरमा पर्याप्त मात्रामा पानी नपाउँदा रगतको मात्रा कम हुन थाल्छ । जसका कारण मुटुले रक्तनलीहरु मार्फत रगत पम्प गर्न कडा परिश्रम गर्नुपर्ने हुन्छ । त्यसैले रक्तचाप घट्छ । डिहाइड्रेसनबाट बच्न प्रशस्त पानी पिउनुपर्छ ।

गर्भावस्था: गर्भावस्थाको समयमा पनि रक्तचाप घटेको हुन्छ । यद्यपि समस्या यो समयका लागि भने सामान्य हो ।क्याफिन: क्याफिनको सही मात्राले रक्तचापलाई स्थिर राख्न मद्दत गर्दछ । जसका कारणले ब्लड प्रेसर लो भएको बिरामीले आराम महशुश गर्छ ।

तुलसीको पात: तुलसीको पात धेरै पोषक तत्वहरूको खानी हो । यसमा म्याग्नेसियम, पोटासियम र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । साथै यसमा युजेनोल नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

तुलसीका यस्ता छन् गुण
-वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्धीकरण गर्छ । 
-जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।
-अक्सर जाडोमा हुने रुघाखोकी, निमोनिया, ब्रोंक्राइटिस, घाँटीको समस्या र श्वास–प्रश्वासमा हुने समस्या आदिका लागि तुलसीको पात लाभदायी हुन्छ । 
-यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । नियमित तुलसी सेवन गर्ने हो भने चिसो लाग्नबाट स्वत: बचिन्छ । 
-तुलसीको पातको चूर्ण बनाई अदुवा, मरिच आदिको सम्मिश्रणबाट चिया बनाएर पिउन सकिन्छ । उक्त चिया स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ ।
-तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याबाट राहत मिल्छ । 
-नियमित खाली पेटमा दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ ।

-त्यसैगरी, मुटुसम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ । 
-पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।
-तुलसी सेवन बच्चाका लागिसमेत उपयोगी हुन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३५ हजार ६११ मत गणना हुँदा रास्वपाले कटायो २ हजार

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणना जारी रहेको छ । हालसम्म इलाममा ३५ हजार ६११ मत गणना भएको छ ।  ३५ हजार ६११ मत गणना हुँदा  एमाले उम्मेदवा...

इलाममा एमालेका सुहाङको निरन्तर अग्रता, करिब ५ हजार मतान्तरले अगाडि

इलाम  । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको...

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको ...

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’

रामेछाप ।  जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओ...

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप  । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्...

माओबादीको ‘पूर्वेली संगठन सुदृढीकरण अभियान’सुरु

काठमाडाैं ।  सत्तारुढ दल नेकपा (माओबादी केन्द्र)को ‘पूर्वेली संगठन सुदृढीकरण अभियान ०८१’ शनिबारदेखि सुरु भएको छ । प्रदेश नं. १ कमिटीको निर्देशन अनुसार...

इलाममा ४६८३ मतले एमाले उम्मेदवार नेम्बाङ अगाडि

काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ ...

कालीकोटमा आगलागीबाट ४ वर्षमा १३ जनाको मृत्यु

कालीकोट । कालीकोटमा ४ वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७७/७८, ७८/७९, ७९/८० र चालु आर्थिक वर्...

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस-५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।...

ओखलढुङ्गाका वकिल हरिशंकर दाहाल पनौती जङ्गलमा मृत फेला

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जङ्गलमा अधिवक्ता मृत अवस्थामा भेटिएका छन् । ओखलढुङ्गा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्था...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies