भक्तपुर । ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ आज भक्तपुरमा सम्पदा पदयात्रा गरिएको छ ।
भक्तपुर नगरपालिकाले ऐतिहासिक एवं सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाबारे परिचित गराउने र सम्पदा संरक्षणकार्यमा उत्साहित गर्ने उद्देश्यले सो पदयात्रा आयोजना गरिएको जनाएको छ ।
नगरपालिकाको वडा नं ९ स्थित लामग: पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा–ग्वंग पुखु–क्वाठडौँ पुखु–तिनाछें–सलां गणेश पुखु–बसिकुलां नाग पुखु–दुगुमला–भोलाछें पुखु–अंचा पुखु– ब्यासी पुखु– ख्यो पुखु ९धवाहिटी पुखु० कालदह पुखु– न: पुखु– त: पुखु (सिद्ध पोखरी) हुँदै सल्लाघारीस्थित न्हुपुखु (रानी पोखरी) मा पुगेर समापन भएको थियो ।
नगरपालिकाले यसअघि पनि सम्पदाको प्रचारप्रसार गरी पर्यटन उद्योगको प्रवर्द्धनका लागि पटक–पटक सांस्कृतिक सम्पदा पदयात्रा गरिसकेको छ । यसपटकको सम्पदा पदयात्राको मुख्य उद्देश्य नगरका पोखरी पर्यटकलाई परिचित गराउनु रहेको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।
“यहाँका सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पुर्खाले सिर्जेको सम्पत्तिलाई जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने नीति नगरपालिकाले लिँदै आएको छ । भक्तपुर महोत्सवको तयारीका रूपमा पनि सम्पदा पदयात्रा कार्यक्रमलाई विशेष महत्वका साथ अगाडि बढाइएको हो, उनले भने ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरभित्रका पोखरीको उपयोगिताबारे प्रष्ट पार्दै पोखरी ऐतिहासिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण सम्पदाका रूपमा रहेको बताए । “पुरानो सम्पदालाई नयाँ किसिमले उपयोग गर्ने नगरपालिकाको सोच छ । पोखरीले वरिपरिको वातावरण सफा र स्वच्छ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ”, उनले भने ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले मानव सभ्यताको विकास सँगसँगै मूर्त र अमूर्त सम्पदाको विकास भएको बताउँदैै यस किसिमको कार्यक्रमले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पदयात्राको क्रममा सांस्कृतिक झाँकी प्रदर्शन गर्नुका साथै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनको प्रदर्शनी तथा बिक्री केन्द्रसमेत राखिएको थियो ।
पदयात्रामा स्थानीय बाजागाजा र सांस्कृतिक झाँकीसहित मौलिक पहिरनमा सहभागी भएका थिए । पदयात्रालाई ठाउँ–ठाउँमा स्थानीयले स्वागतसमेत गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: