महोत्तरी । महोत्तरीको भँगाहा नगरपालिकाको कामकाज ठप्प भएको छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच समन्वयको अभाव हुँदा नगरपालिकाको कामकाज ठप्प भएको हाे ।
प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआउँदा कार्यालयको दैनिक प्रशासनिक कार्यसहित अन्य महत्त्वपूर्ण कार्य ठप्प रहेको मेयरसंजीव कुमार साहले बताए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नहुँदा पानीको हाहाकार हुँदा समेत नगरबासीका लागि पानी व्यवस्थापन गर्न नसकेको, घरपालुवा जनावरहरुमा फैलिएको लम्पी स्किन रोगको औषधि खरिद लगायतको सेवाहरु ठप्प भएको बताए ।
नगरपालिकामा मेयर र हाकिमबीच राम्रो सम्बन्ध नरहेको कारण नगर प्रमुख साहले 'आफ्नो नगरपालिकाको हाकिम हराएको भन्दै कोही कसैले भेटेमा जानकारी गराउनु हुन' भन्दै सामाजिक सञ्जालमा आह्वान गरेका छन् ।
व्यङ्ग्यसहित नगर प्रमुखको पोष्टमा लेखिएको छ, ‘हाम्रो भँगाहा नगरपालिकाको कार्यकारी प्रमुख श्रवण कुमार साह १८ दिनदेखि अफिस नआएको साथै फोन समेत नलागेकाले कोही कसैले भेटेमा जानकारी गराउनु होला ।’ मेयर साहले फेसबुक मार्फत हाकिमको खोजी गरिरहँदा प्रमुख प्रशासकीय अधिकृत साह भने सरुवा खोज्दै सिंहदबारमा धाइरहेका बताइएकाे छ ।
कार्यालयका एक जना कर्मचारीका अनुसार नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत साहबीचमा आन्तरीक विवाद भएबका कारण उनी भँगाहाबाट सरुवा गराउन काठमाडौं धाइरहेका छन् ।
यता प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साह आफू साउन ११ र १२ गते जनकपुरमै स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रम सहभागी भएको बताउँछन् । उनले आफू मन्त्रालयबाट बिदा स्वीकृत गराएर निजी काममा व्यस्त रहेको बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत साहले गत आइतबारदेखि आफू बिदामा रहेको र आन्तरिक विवादका कारण आफुलाइ बदनाम गर्न खाेजीएकाे बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: