काठमाडौं । विभिन्न स्थानमा मृत अवस्थामा सात जनाकाे शव भेटीएकाे छ । अछाम, सप्तरी, सिरहा, सर्लाही र पाल्पा लगायतका जिल्लामा ७ जनाकाे शव भेटीएकाे हाे ।
अछामकाे सरानी खोलाको किनारामा मेल्लेख गाउँपालिका-४ बोरागाउँ बस्ने ४० वर्षीया सुना साउद मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी सप्तरीकाे अग्निसाईर कृष्णसवरण गाउँपालिका-५ धिमार टोल बस्ने २२ वर्षीया कबिता सदा सोही गाउँपालिका-६ राई खोलास्थित आँपको फुलबारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
शनिबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएकाे छ ।
यस्तै सिरहाकाे मिर्चैया नगरपालिका-६ कटारी जाने बाटोस्थित शम्भु होटलको छेउमा मोरङ विराटनगर उपमहानगरपालिका-१० बस्ने २५ वर्षीय सिद्धान्त भट्टराई गएराति मृत अवस्थामा फेला परेका छन् । आफ्नै को १ च९१७२ नम्बरको पिकअप गाडीमा कपी लोड गरी बिक्रीवितरण गर्न चालकसहित आएका उनी बास बसेको उक्त होटल नजिकै मृत फेला परेका हुन् ।
यसैगरी सर्लाहीकाे हरिपुर्वा नगरपालिका-७ स्थित बाके खोलाको किनारमा सोही नगरपालिका-९ बस्ने ६० वर्षीय भोला चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
डोटीकाे दिपायल सिलगढी नगरपालिका-३ बरलदेउस्थित सेती नदीको किनारमा अन्दाजी ३० वर्षीय पुरुष मंगलबार वेवारीसे अवस्थामा मृत फेला परेका छन् । उनकाे पहिचानकाे लागि प्रहरीले साेधपुछ गरी रहेकाे बताइएकाे छ ।
यसै गरी पाल्पामा पनि एक पुरुषकाे शव बेवारीसे अवस्थामा फेला परेकाे छ । रामपुर नगरपालिका-८ खोरियाघाटस्थित कालिगण्डकी नदी किनारमा अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएकाे छ ।
यसै गरी रुपन्देहीकाे शुद्धोधन गाउँपालिका-१ बेलवास्थित इन्गुरिया खोलामा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । सोही ठाउँ बस्ने ५१ वर्षीय रामवृज लोधको मंगलबार साँझ मृत्यु भएको छ ।
यता झापाकाे अर्जुनधारा नगरपालिका-५ मा पनि खाेलामा डुबेर एक जनाकाे मृत्यु भउकाे छ । ५९ वर्षीय जंग बहादुर तामाङको बिरिङ खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: