चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढ-मुग्लिन सडक खण्डमा परिचालन गरेको तत्काल प्रतिकार्य समूह आरएटी प्रति स्थानीय प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज एक सूचना जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले कुनै अमुक दल तथा सोअन्तर्गतका सङ्गठनको पहिरो पन्छाउन सहयोग नलिइएको र लिन स्वीकृत पनि नदिइएको बताए । उक्त सडक खण्डअन्तर्गत कालीखोलामा मङ्गलबार लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएकामा स्थानीय प्रशासन, प्रहरीको टोली तथा राज्यका अङ्गको पहलमा पहिरो पन्छाई सडक सञ्चालन गरिएको पनि उनले बताए । अहिले ट्राफिक व्यवस्थापनको कार्यसमेत नियमित रुपमा भइरहेको जनाउँदै प्रजिअ पौडेलले यस कार्यका लागि सरकारी निकाय सक्षम रहेको बताए ।
सूचनामा भनिएको छ, ‘पहिरो पन्छाई सडक सञ्चालन भइसकेको र ट्राफिक व्यवस्थापनसमेत नियमित रुपमा भइरहेकामा कुनै अमुक दल वा सोअन्तर्गतका संगठनको सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको जानकारी गराइन्छ ।’ रास्वपा आबद्ध युवाले आरएटी लेखिएको सञ्चार उपकरण वाकिटकी सहित फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएकामा पहिरो पन्छाउँदा प्रयोग गरिएका उक्त सामग्री स्वीकृति र दर्ता भए-नभएको समेत छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको सूचनामा जनाइएको छ ।
‘प्रकृतिक विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अङ्गहरु सक्षम रहेको जानकारी गराउँदछौँ । ठूला विपद्का घटनामा राजनैतिक दल, नागरिक समाजलगायत सर्वसाधारणबाट समेत सहयोग लिन सकिने छ’, सूचनामा भनिएको छ, ‘“यसरी सहयोग लिँदा कुनै दल विशेष वा सङ्गठनको परिचयपत्र विना स्वयम् सेवामा खटिने व्यक्तिले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृत लिई सुरक्षाकर्मीसँगको समन्वयमा उद्धार कार्यमा खटिन सक्ने छन् ।’
रास्वपा पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ मा निर्वाचित भएको एक सय दिनमा यहाँ आयोजना गरिएको कार्यक्रममा जनहितका लागि कार्यक्रम घोषणा गरिएको बताएका थिए । सोही कार्यक्रमअन्तर्गत आरएटी परिचालन गरिएको थियो ।
सोही दिन मोबाइल क्लिनिकमा प्रयोग भएको एम्बुलेन्स विवादमा परेपछि परिवर्तन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: