Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

१२ वर्षमा पनि खुलेन घुर्मी–चतरा सडकको ट्रयाक

तस्विरः मनाेज भट्टराई
खबरडबली संवाददाता

काठमाडाैं । मध्यपहाडी लोकमार्ग अन्तर्गत कोशी करिडोरको १६३ किलोमिटर सडकको ट्रयाक खोल्न बजेट विनियोजन भएसँगै २० वटा खण्डमा ११ निर्माण कम्पनीले ठेक्का लिए थिए । तर, आजसम्म न त्यो सडक आयोजनाको ट्रयाक नै खोलिएको छ, न यसलाई अगाडि बढाउने योजना नै रहेकेा छ ।

सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, भोजपुर लगायत पहाडी जिल्लाबाट छोटो समयमा तराई पुग्ने लक्ष्यसहित घोषणा गरिएको यो आयोजना भौतिक रुपमा सुरु नै नभएको उदयपुरका स्थानीय दिनेश राईको भनाई छ । उदयपुरको घुर्मीदेखि सुनकोशी किनारै किनार चनौटे, रसुवाघाट, फोक्सिङटार, धाप्लाङघाट, रानीटार, वंशिलाघाट हुँदै सुनसरीको चतराघाटसम्मको सडकको ट्रयाक खोल्न करिब ६० करोड लाग्ने अनुमान गरिएकाे थियो ।

राज्यकोषबाट ५ करोड खर्च भइसकेको कोशी करिडोर आयोजनाका ठेकदार प्रदेशका अर्थमन्त्री बनिसके तर काम भने ठप्प नै रहेकाे छ । झलनाथ खनाल नेतृत्वको सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले १२ वर्षअघि अर्थात २०६८ सालमा घुर्मी–चतरा सडकको ट्रयाक खोल्न पहिलोपटक बजेट विनियोजन गरेका थिए ।

बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्ने नेपाली उखान  भए पनि याे आयाेजनामा खाेला फर्छकीएन ।  पुर्वी नेपालकाे याे एउटा यस्तो विकास आयोजना भयाे जसमा बाह्र वर्षदेखि निरन्तर बजेटको खोला बग्दा पनि प्रगति शुन्य रहेकाे छ ।

पहिलो चरणमा करिब १७ करोडमा ठेक्का पनि लगाइयो । क्रमिक रुपमा बजेट विनियोजन हुँदै गयो, ठेक्का पनि लाग्दै गयो । ठेक्का लिएकामध्ये सुनौलो खिम्ती, लुम्बिनी प्रदीप जेभी, कोशी एण्ड न्यौपाने र पशुपति जेभीले चारवटा खण्डको काम सम्पन्न गरेको भन्दै ठेक्का बराबरको सतप्रतिशत रकम बुझिसकेका छन् । उनीहरुले विभिन्न मितिमा ४ करोड रुपैयाँ बुझेका छन् ।

ठेकेदारमैत्री कानुन हुँदा समस्या भएको भन्दै यसमा आफुहरु लागि पर्ने खोटाङका प्र्रदेश सांसद भुपेन्द्र राईले बताए । सुनौलो खिम्ती र ध्रुव एण्ड तारा जेभी, एस बी ए सूर्य जेभी र लुम्बिनी प्रदीप जेभीले पनि कामनै नगरी ६६ लाख ८१ हजार लिइसकेका छन् । अन्य निर्माण कम्पनीले पनि पहिलो किस्ताको रकम बुझेका छन् ।

तर, त्यसको अभिलेख आयोजनासँग नभएको पुष्पलाल मध्यपहाडी लोक मार्गका निर्देशक रत्न लक्ष्मी बज्राचार्यले बताइन् । उक्त सडकको ट्रयाक खोल्न बागमती प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामाको निर्माण कम्पनी हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले पनि ठेक्का लिएको थियो ।

मन्त्री लामा आफ्नो कम्पनीले मोबिलाइजेसन रकम लिएको तर, सरकारबाट सहयोग नभएको तर्क गर्छन् । तर, बाह्र वर्षअघि नै ठेक्का लागिसकेको सडकको निर्माण कार्य सुरु भएकै छैन । सडकको निर्माणको जिम्मा मध्यपहाडी लोकमार्ग आयोजनामै छ तर प्रगति भने शून्य रहेकाे ।

ठेक्का लगाउने, भुक्तानी दिने तर, भौतिक प्रगतिबारे न आयोजनाले चासो राखेको छ, न सडक विभागले नै कसैमाथि कारबाही गरेको छ ।

याे आयाेजनाकाे प्रगती शुन्य हुँदा पहाडी तथा हिमली जिल्लाका आम नागरिकहरु तराइ तथा प्रदेश राजधानी जानकाे लागि घुर्मी मिर्चैया हुँदै पूर्व पश्चिम राजमार्गबाट यात्रा गर्न बाध्य रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending