भक्तपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरु आफैं पाखा लाग्ने बताएका छन् । पार्टीको सहायक संगठन वाईसीएल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्थाको अन्त्य हुने र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरु आफैं पाखा लाग्ने दाबी गरेका हुन् । अबको समयमा पार्टीमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी संगठनमा उथलपुथल ल्याउने दाबी गरेका छन् । पार्टीलाई बचाउन पनि आन्तरिक निर्वाचन उत्तम विकल्प भएको उनको भनाइ छ ।
त्यसपछिका केही निश्चित उम्मेदवार क्रमशः वैकल्पिक नेता बन्ने उनको दाबी थियो । नेता शर्माले जनयुद्धबाट प्राप्त उपलब्धिलाई हल्का रुपले हेर्न नहुने बताए । उनले व्यवस्था बदल्न हजारौं सहिदले बगाएको रगत भुल्न नहुने भन्दै नयाँ पुस्ताले वर्तमान स्वतन्त्रता र अधिकारका लागि माओवादी केन्द्रलाई स्याबासी दिनुपर्ने बताए ।
वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको र समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको भन्दै तत्कालिन जनयुद्धका कमाण्डरसमेत रहेका नेता शर्माले अब फेरि जनताले व्यवस्था परिवर्तनको लागि राज्यसँग लड्नुपर्ने अवस्था नरहेको औंल्याए ।
आफ्नो पार्टीको अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन, विकास र समृद्धिको पक्षमा साहसिक र ऐतिहासिक कार्य गरे पनि त्यसलाई प्रचार गर्न नसकिएको उनको गुनासो थियो । पार्टी विरोधीहरुले फैलाएका भ्रम र अफवाहहरुको प्रतिरोध गर्न उनले निर्देशनसमेत दिए ।
वाईसीएलको दोस्रो मध्यपुर थिमि नगर सम्मेलनबाट सजन प्रजापतिको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको वाईसीएल भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जितले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: