काठमाडौं । अविरल वर्षासँगै बाढी पहिरोको कारण कोशी प्रदेशका विभिन्न स्थानहरुमा सडक अवरुद्ध भएको छ । शनिबार देखी परेको अविरल वर्षाका कारण प्रदेशभरको जनजीवन प्रभावित भएको हो ।
ताप्लेजुङको मैवाखोलामा बाढी आइ मेरिङ्दिन गाउँपालिका–३ स्थितमा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने करिब ७ मिटर बाटो बाढीले बगाउँदा दुवैतर्फको सवारी आवामगन बन्द भएको छ । जिल्लाको फुङलिङ नगरपालिका–८ खोक्से खोलास्थित मेची राजमार्गमा पहिरो खस्दा आवागमन बन्द भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराह भित्रि सडक खण्डमा पहिरो झरी अवरोध भएको छ । झापा माेरङ र सुनसरीका कतिपय स्थानमा डुवानकाे संभावना रहेका कारण सतर्कता अपनाउन स्थानीय प्शासनले आग्रह समेत गरेका छन् ।
इलाम नगरपालिका–४ अधिकारी चोकमा सडकमा पहिरो झरेको छ । साे पहिराेका कारण सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाउकाे छ । तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रबारे खण्डको देवीथानमा माथिबाट पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी उपरिक्षक ऋषिराम कँडेलका अनुसार उक्त स्थानहरुमा खटिएका सुरक्षाकर्मीको टोलीले स्थानीय निकायहरुसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको भडारे खोलामा आउको बाढीले सडक अवरुद्व हुँदा खोटाङ सोलुखुम्बु र ओखलढुंगाको पूर्वी भेगमा जाने यातयातका साधनहरु हर्कपुर र थाक्लेको हिलेपानीमा रोकीएका जिल्ला प्रहरी कार्यालय ओखलढुगाले जनाएको छ । जिल्लाको पश्चिमी भेग तर्फ पनि भिषण पानी रपहिोका कारण ग्रामिण सडकहरु अबरुद्ध भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
यता उदयपुरको मौवासीमा पहिरो जाँदा मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका ५ मौवासीमा पहिरो जाँदा आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको हो।
मौवासी खोलाको पुल सूचारुसँगै सडक फराकिलो बनाइ कालोपत्रे बनाउनसाथ माथिबाट पहिरो बगेको र सडक अवरुद्ध भएको आयोजना कार्यालय गाईघाटका प्रमुख डिई गोपालप्रसाद खकुरेलले जानकारी दिएका छन् । यो राजमार्ग प्रयोग गरी हिड्ने सवारी साधनहरुलाई उदयपुरको कटारी बजार र गाईघाट बजारबाट वैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले आग्रह गरेको छ ।
उता झापाको अर्जुनधारा नगरपालिका–७ खुदुवाबारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलमुनिको पंखामा बाढीले क्षति पुर्याएको छ । पुल जीर्ण अवस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली पुगेर स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: