काठमाडौं । ठूलो परिमाणको सुन बरामदपछि अवरुद्ध संसद खुलाउन लचिलो बन्ने संकेत देखाएको प्रमुख विपक्षी दल एमाले सत्तारुढ कांग्रेस सांसदहरुको समेत साथ पाउने देखिएपछि अझ आक्रामक देखिएको छ ।
कांग्रेस संस्थापन इतर पक्षका नेताहरुले पनि सुन प्रकरणबारेमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारेपछि एमाले सोही मागमा टसमस नहुने भएको छ ।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद नगरेको भए अहिले न संसद अवरुद्ध हुने थियो न सत्ता गठनबन्धन दलहरुमा नै किचलो हुने थियो । सुन बरामदपछि संसद विपक्षी दल एमालेको बन्धक बनिरहेको छ ।
बाढीपहिरोले मुलुक आक्रान्त भइरहँदा संसद अवरुद्ध खुलाउने पहल स्वरुप गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन २३ गते संसदमा सुन बरामदको घटनाबारे आफ्नो धारणा राखेका थिए ।
तर गृहमन्त्री श्रेष्ठको जवाफमा एमालेले चित्त बुझाएन । यस घटनाक्रम लगत्तै अर्को घटना घट्यो । कांगे्रस सांसद सुनिल शर्मा नक्कली सर्टिफिकेटको अभियोगमा पक्राउ परे । त्यसपछि कांग्रेस संस्थापन इतर पक्षका नेताहरु सरकारप्रति रुष्ट छन् ।
कांग्रेसको संस्थापन इतर पक्षले नै उच्चस्तरीय छानविन समितिको माग गरेपछि एमालेलाई आफ्नो हठमा थप बल पुगेको छ । संसद खुलाउन लचिलो बन्ने संकेत देखाएको एमाले यहि मौका छोपी उच्चस्तरीय छानबिन समिति गठनको मागबाट टसमस नहुने निष्कर्षमा पुगेको छ ।
आइतवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा पत्रकार सम्मेलन गरी ओलीले सरकार अयोग्य र भ्रष्टाचारको चाङमा उभिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले पदबाट राजीनामा दिनुपर्ने बताए ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर झण्डा हल्लाउँदै हिडेको देख्दा आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीबाट राजीनामा दिन सुझाव दिइरहेका एमाले अध्यक्ष ओलीले आफ्नो ध्यान भने सत्तातिर नभएको पनि प्रष्टिकरण दिए ।
सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह, सत्तालोलुप्तातिर लागेको आरोप लगाएर सरकारले एमालेको बदनाम गर्न खोजिरहेको ओलीको आरोप छ । एमालेले सत्तामा ध्यान नदिए पनि सरकारलाई जे गरे पनि छुट दिन नसकिने उनले बताए ।
लामो समयदेखि एमालेको बन्धक बनिरहेको संघीय संसदको दुवै सदन सुन प्रकरणबारेमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म चल्न नदिने बताएका एमाले अध्यक्ष ओलीले सरकार आफैले संसद चल्न नदिएको आरोप लगाए ।
संसद देश र जनताको पक्षमा बोल्ने, आवाज उठाउने, देशका हीत, जनताका हितको सरकारमा भए रक्षा गर्ने, सरकारमा नभए त्यसका निम्ति दबाब दिने थलो भएको ओलीको भनाई थियो ।
सत्तारुढ दल नेपाली कांग्रेसभित्रैको विवादले गर्दा थप हौसिएको एमालेको माग सम्बोधन गर्न सरकारले कस्तो कदम चाल्छ त्यो भने केही दिन पर्खिनै पर्नेछ । यता, कांग्रेस भित्रको असन्तुष्टिलाई देउवाले कसरी मत्थर पार्छन् ? त्यो पनि पर्खिनै पर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: