भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षीया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ९३ वर्षीया गङ्गालक्ष्मी श्रेष्ठलाई उनकै निवासमा नागरिकताको प्रतिलिपि प्रदान गरेको हो ।
विसं १९८६ भदौ ७ गते जन्मिएकी श्रेष्ठले विसंं २०४४ फागुन ५ गते नागरिकताको प्रमाणपत्र लिएकी थिइन् । सो नागरिकता हराएपछि उनले एकाघरका परिवारमार्फत प्रशासनमा नागरिकताको प्रतिलिपिको लागि आवेदन दिएकी थिइन् । श्रेष्ठको स्थायी ठेगाना तत्कालीन बालकुमारी गाविस– ८ रहेको छ भने हाल उनी मध्यपुरथिमि–३ गठ्ठाघरमा बस्दै आएकी छन्।
श्रेष्ठ स्वयम् कार्यालयमा उपस्थित भएर नागरिकताको लागि सनाखत गर्न नसक्ने भएकाले उनकै निवासमा पुगेर नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तालगायत राज्यले दिने अन्य सेवा सुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था आउने भएकाले असाह्य, असक्त, दीर्घरोगी, शारीरिक अस्वस्थता र अपाङ्गगताका कारण प्रशासनमा उपस्थित हुन नसक्ने नागरिकलाई घरदैलोमा नै सरकारी सेवा उपलब्ध गराउने नीतिअनुरुप प्रशासनले त्यस्ता नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको सहायक प्रजिअ निरौलाले बताए ।
श्रेष्ठलाई नागरिकता प्रदान गर्न सहायक प्रजिअ निरौलासहित नागरिकता फाँटका कर्मचारी श्रेष्ठ निवासमा पुगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: