Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

यी सभासद हुन् घैटेंका व्यापारिक साझेदार

\"ghaite_savasad\"काठमाडौं । बिहिबार नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाको इन्काउन्टरमा मारिएका चर्चित ‘डन’ कुमार श्र्रेष्ठ ‘घैटें’ का व्यपारिक साझेदार नेपाली कांग्रेसका सभाषद तथा नेता जगदिशनरसिंह केसी रहेको तथ्य खुलेको छ ।   हप्ता असुली, गुण्डागर्दी र ठेक्कापट्टाबाट अवैध सम्पक्ति जोडेका घैटेंको अवैध सम्पक्तिलाई बैध बनाउन सभासद केसी ले नै मुख्य भुमिका खेलेको समेत भेटिएको नेपाल प्रहरीको आशंका छ । तथ्यहरु खोज्दै जाँदा विगत २० वर्षदेखि घैटेंले चलाउने गुण्डागदी तथा अपराधिक कृयाकलापको संरक्षण नेपाली कांग्रेसका सभासद तथा नेता अर्जुननरसिह केसीका भाइ जगदिशनरसिंह केसीले संरक्षण गरिरहेको भेटिएको छ ।   घैटेंले कालो धनलाई सेतो बनाउन खोलेको गजुरमुखि निर्माण सेवामा सभासद जगदिशनरसिंह केसीकी श्रीमति ज्योति केसीको समेत साझेदारी रहेको भेटिएको छ  । देशभर हुने ठेक्कापट्टामा गजुरमुखि निर्माण सेवाको फर्म दर्ता गर्ने र ठेकेदार व्यावसायिहरुलाई धम्क्याउने काम गर्दै आइरहेको निर्माण व्यावसायिहरुले बताएका छन् । केसी स्वयंमले पनि एक टेलिभिजनसँगको अन्तर्वार्तामा आफुले ठेक्कापट्टामा लगाएको स्विकारेका छन् ।   निर्माण व्यावसायिका अनुसार नेपाली कांग्रेसका नेताहरु नै घैटेंलाई टेण्डरहरुमा पटाउथें र हप्ता जर्वजस्ती रकम असुलीमा सहयोग गर्थे । व्यावसायिहरु नेता र घैटेंको यस्तो रवैयाप्रति निरिहजस्तै हुन्थे । [caption id=\"attachment_34574\" align=\"alignleft\" width=\"720\"]\"घैटेंको घैटेंको मृत्युपछि महाराजगंज शिक्षण अस्पताल पुगेका सभासद केसी[/caption] प्रहरीका प्ररम्भिक रिर्पोटकाअनुसार घैटेंसँग करिब २० करोडभन्दा बढी अवैध सम्पतिका देखिएको छ । उसले केसीको नाममा जम्मा गरेको सम्पतिमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी स्रोत बताउँछ । घैटें पछिल्लोचरण पक्राउ परिने डरले कांग्रेस सम्बद्ध मन्त्रालय तथा नेताहरुको गाडीमा ओहोरदोहोर गर्न थालेका थिए ।   प्रहरी स्रोतका अनुसार गजुरमुखि निर्माण सेवाको नाममा अहिलेपनि करौडौं रकमको लगानी विभिन्न निर्माण भइरहेका काममा छ  । सो लगानीमा सभासद केसीको समेत सेयर देखिनुले घैटेंका सम्पुर्ण अपराधिक काममा सभासद केसीको हात रहेको पुष्टी हुन्छ  ।   स्रोतका अनुसार एक हाउजिंग कम्पनिका मालिकलाई धम्क्याएर घैटेंले लगानी गरेका छन् । सो लगानीमा समेत सभासद केसीको सेयर रहेको हुनसक्ने आंशका गरिएको छ ।   घैटेंबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले नाम नबताउने शर्तमा भने, –‘सबैजसो गुण्डाहरुलाई संरक्षण गर्ने र उनका अपराधिक कामहरुमा साथ दिनेहरु राजनीतिक दलका नेताहरु नै हुन् । कहिलेकांही त अनपत्यारिला नेताहरु नै गुण्डाहरुसँग जोडिएको प्रमाण फेला पर्छ’ । उनि स्विकार्छन ति नेताहरुका अघि प्रहरी प्रशासन निरिह बन्नुपर्छ ।   नेता तथा सभासद केसी डन घैटेंलाई इन्काउन्टरमा मारिएको आधा घण्टा नबित्दै महाराजगंज शिक्षण अस्पताल पुगेर प्रहरीले उल्टो गुण्डागर्दी गरेको भन्दै घैटें निर्दोष र इमान्दार रहेको बताएका थिए ।   कांग्रेसका केही सभासदहरुले डन घैटेंलाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै संसदमा समेत बोलिरहेका छन् । यो पनि पढ्नुहोस्  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending