काठमाडौं । गत आर्थिक बर्ष २०७९/०८० मा नेपाल टेलिकमको खुद मुनाफामा गिरावट आएको छ । अघिल्लो आवमा ८ अर्व ४७ करोड ७ लाख ३३ रुपैयाँ नाफा कमाएको टेलिकमको यस्तो नाफा गत आवमा ७ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँमा सीमित भएको हो ।
अघिल्लो आवको तुलनामा ६६ करोड ६२ लाख ७ हजार रुपैयाँले टेलीकमकाे नाफा कम भएकाे हाे । खुद नाफामा गिरावट आए पनि कम्पनीको कुल आय भने ३६ लाख १६ हजार अर्थात् १.११ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो आवको चौथो त्रैमासमा ४४ अर्व ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ कुल आय रहेकोमा समीक्षा अवधिमा भने यस्तो आम्दानी बढेर ४४ अर्व ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ पुगेको हो ।
कम्पनीको सञ्चालन मुनाफा रकम भने १ अर्ब ११ करोड ५८ लाख ५८ हजार रुपैयाँ अर्थात २.९४ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आवमा ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रुपैयाँ यस्तो आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा सो रकम ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रुपैयाँमा सीमित गरेको हो । गत आवको असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा रहेको छ ।
कम्पनीले रोमिङ सेवाको बढ्दो प्रयोगको कारण यस वर्षको आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाखले वृद्धि हुनु, सेवा सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्चहरूमा वृद्धि हुनु, बैङ्क ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ८५ करोड ७७ लाख रुपैयाँले बढ्दा खुद मुनाफामा प्रभाव परेको जनाएो छ ।
त्यस्तै, बिदेशी विनिमय दरमा भएको परिवर्तनको कारण २२ करोड २४ लाख रुपैयाँ फोरेन एक्सचेन्ज गेन भएको कम्पनीले जानकारी दिएको छ ।
डामेस्टिक अन्तरआवद्धता शुल्क (ट्यारिफ)मा परिमार्जन भएको, कम्पनीद्वारा व्यापक रुपमा देशैभरी फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डाटा प्याकेजहरू बढ्दै गएको कारण ओटिटि सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआवद्धता आयमा करिब ६८ करोड ३७ लाख रुपैयाँले घट्दा नाफा घटेको कम्पनीको भनाइ छ ।
मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा सञ्चालन हुन नसक्नु र आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा तुलनात्मक रूपमा कमी आएको कारणले पनि नाफामा दबाव पुगेको टेलिमकले जानकारी दिएको छ ।
कोभिड–१९ को कारण बिगत केही वर्षदेखि सञ्चालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरु यस वर्ष संचालन हुनु र गत वर्ष कर्मचारीहरुको तलबमा भएको वृद्धिको कारण यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि तथा विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको कम्पनीले जनाएको छ।
‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको कम्पनीको जिकिर छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: