Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

६६ करोडबढीले घट्यो टेलिकमको नाफा

खबरडबली संवाददाता

काठमाडौं ।  गत आर्थिक बर्ष २०७९/०८० मा नेपाल टेलिकमको खुद मुनाफामा गिरावट आएको छ । अघिल्लो आवमा ८ अर्व ४७ करोड ७ लाख ३३ रुपैयाँ नाफा कमाएको टेलिकमको यस्तो नाफा गत आवमा ७ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँमा सीमित भएको हो । 

अघिल्लो आवको तुलनामा ६६ करोड ६२ लाख ७ हजार रुपैयाँले टेलीकमकाे नाफा कम भएकाे हाे । खुद नाफामा गिरावट आए पनि कम्पनीको कुल आय भने ३६ लाख १६ हजार अर्थात् १.११ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो आवको चौथो त्रैमासमा ४४ अर्व ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ कुल आय रहेकोमा समीक्षा अवधिमा भने यस्तो आम्दानी बढेर ४४ अर्व ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ पुगेको हो । 

कम्पनीको सञ्चालन मुनाफा रकम भने १ अर्ब ११ करोड ५८ लाख ५८ हजार रुपैयाँ अर्थात २.९४ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आवमा ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रुपैयाँ यस्तो आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा सो रकम ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रुपैयाँमा सीमित गरेको हो । गत आवको असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा रहेको छ । 

कम्पनीले रोमिङ सेवाको बढ्दो प्रयोगको कारण यस वर्षको आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाखले वृद्धि हुनु, सेवा सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्चहरूमा वृद्धि हुनु, बैङ्क ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ८५ करोड ७७ लाख रुपैयाँले बढ्दा खुद मुनाफामा प्रभाव परेको जनाएो छ । 

त्यस्तै, बिदेशी विनिमय दरमा भएको परिवर्तनको कारण २२ करोड २४ लाख रुपैयाँ फोरेन एक्सचेन्ज गेन भएको कम्पनीले जानकारी दिएको छ ।  

डामेस्टिक अन्तरआवद्धता शुल्क (ट्यारिफ)मा परिमार्जन भएको,  कम्पनीद्वारा व्यापक रुपमा देशैभरी फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डाटा प्याकेजहरू बढ्दै गएको कारण ओटिटि सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआवद्धता आयमा करिब ६८ करोड ३७ लाख रुपैयाँले घट्दा नाफा घटेको कम्पनीको भनाइ छ । 

मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा सञ्चालन हुन नसक्नु र  आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा तुलनात्मक रूपमा कमी आएको कारणले पनि नाफामा दबाव पुगेको टेलिमकले जानकारी दिएको छ । 

कोभिड–१९ को कारण बिगत केही वर्षदेखि सञ्चालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरु यस वर्ष संचालन हुनु र गत वर्ष कर्मचारीहरुको तलबमा भएको वृद्धिको कारण यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि तथा विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको कम्पनीले जनाएको छ।  

‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको कम्पनीको जिकिर छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending