Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

कोशी प्रदेशसभामाथि सांसदको मजाक, सभा चलाउनुपर्ने नभए एमाले सांसद उपस्थित नहुुने

उपसभामुख अन्योलमा, राप्रपाका जेष्ठ सांसद पनि उपस्थित नहुने सम्भावना

खबरडबली संवाददाता

काठमाडौँ। कोशी प्रदेशसभामा भोलि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदैछन्। तर उनले विश्वासको मत लिने कार्यक्रम प्रदेशसभाबाट चल्छ चल्दैन भन्न सकिने अवस्था छैन। 

बैठकमा नेकपा एमालेका ७ जना जेष्ठ सदस्यहरू अनुपस्थित हुने भएका छन् । उद्धव थापाले विश्वासको मत लिने बैठकमा उनीहरू अनुपस्थित भएका हुन्। त्यहाँ हाल सभामुख छैनन्।

माओवादीबाट सभामुख भएका बाबुराम गौतम राजीनामा दिएर मन्त्री बनेका छन्। त्यसपछि सभा उपसभामुखले चलाउनुपर्ने हो। तर उनी पनि नअनुपस्थित हुने सम्भावना छ।

यदि उनी नअनुपस्थित भएका जेष्ठ सदस्य गयानन्द मण्डलले चलाउनुपर्ने हो। तर उनलाई गठबन्धनले मन्त्री बनाइसकेको छ। मण्डल कांग्रेस सांसद हुन्। त्यही कारण कोशी प्रदेशसभा बिलखबन्दमा परेको छ। 

एमालेका सांसदहरू रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, किशोरचन्द्र दुलाल, ज्ञानेन्द्र सुवेदी अनुपस्थित हुने भएका हुन् । कार्की ७१ वर्षका हुन भने लिम्बू र महतो ६७र६७ वर्षका हुन् । 

ढकाल ६६ वर्षकी हुन् भने बस्नेत ६७, दुलाल ६५ र सुवेदी ६४ वर्षका हुन् । घरायसी समस्याका कारण बैठकमा उपस्थित हुन नसक्ने भन्दै उनीहरूले प्रदेशसभा सचिवालयमा पत्र पठाएका सचिवालयले जनाएको छ। 

प्रदेशसभामा सभामुख र उपसभामुख चयन नभएको अवस्थामा जेष्ठ सदस्यले बैठक सञ्चालन  गर्ने व्यवस्था छ ।​
मण्डल पछिका सत्ता गठबन्धनका जेष्ठ सदस्य उद्धव थापा मुख्यमन्त्री छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy