झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहीबारे बजारका २५ बर्षिय युवा प्रदीप श्रेष्ठको दुबै मृगौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
आर्थिक अवस्था एकदमै नाजुक भएका श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिले उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सवैमा अपिल गरेको छ ।
लगभग गत १७ दिनअघि प्रेसर बढेपछि उनलाई सुनसरीस्थित धरानको बिपि कोइराला प्रतिष्ठान घोपा अस्पतालमा लगिएको थियो । उनको परिक्षणपछि दुवै मृगौला फेल भएको श्रेष्ठको उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायण श्रेष्ठले बताए ।
श्रेष्ठको उपचारमा आर्थिक सहयोगका लागि स्थानीयहरुको भेलाले ‘प्रदीप श्रेष्ठ बचाउ’ अभियान अन्तरगत आर्थिक संकलन समिति निर्माण गरेको छ । समितिको संयोजकमा प्रदीका दाजु नारायण श्रेष्ठ, सचिबमा डम्बर थापा, कोषाध्यक्ष शिवकुमार श्रेष्ठ, सदस्यमा अर्जुन रेग्मी, टेकबहादुर गिरी, गीता श्रेष्ठ र टेकबहादुर बस्नेत रहेका छन् ।
त्यसैगरी उक्त समितिलाई सल्लाह सुझावका लागि ७ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरिएको छ ।हाल प्रदीप काठमाडौंको भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका छन् । उनलाई मृगौला प्रत्यारोपण गर्न उनकै परिवारभित्रका आफ्नै दाजु बिष्णु श्रेष्ठले दिने भएका छन् ।
तर, आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपणमा लाग्ने खर्चका लागि उनका बुवा मणिकुमार तथा आमा इन्दिराकुमारी श्रेष्ठले सवैलाई सहयोगको लागि अपिल गरेका छन् । मृगौला प्रत्यारोपणका लागि करिव १० देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायणले जानकारी दिएका छन् ।
त्यस्तै आर्थिक सहयोग जुटाउन निर्माण भएको समितिले शनिवार बिहीबारे बजारमा राखेको भेलामै ३७ हजार ६३० रुपैयाँ संकलन गरेको समितिका सदस्य अर्जुन रेग्मीले जानकारी दिए । त्यस्तै प्रदीको आर्थिक अवस्था देखेर नेवाः देय् दबु अर्जुन नगर सममितिले आयोजना गरेको लाखे जात्राबाट संकलन साथै संस्थाले थप गरेर उनको उपचारमा सहयोग गर्न १० हजार रुपैयाँ प्रदान गरेको समितिका कोषाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।
प्रदीको उपचारमा सहयोग गर्ने देश तथा बिदेशमा रहेका आफन्त, साथीभाई, बिभिन्न सामाजिक संघ÷संस्था, स्थानीय सरकारसमेतसँग सवैमा उनको परिवारले आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।
उनको उपचारमा आर्थिक सहयोग गर्ने इच्छुकले अर्जुनधारा–५ स्थित लक्ष्मीपुर चोकमा रहेको प्राइम कर्मसियल बैंकमा उनका दाजु नारायण श्रेष्ठको नाममा रहेको खाता नम्बर १०६००४५६ पिडिमा सहयोग गर्न सकिनेछ भने मोबाइल नम्बर ९८१४९९८९४१ मा सम्पर्क गरेरसम्म सहयोग गर्न सकिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: