काठमाडौं । नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बिचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार दुई संस्थाबीच नेत्रज्योति भवनमा भएको सम्झौता पत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट संघका अध्यक्ष प्रा.डा चेतराज पन्त र महासचिव भरत बहादुर चन्द तथा कतार च्यारिटीका तर्फबाट कन्ट्रि डाईरेक्टर मोहम्मद बकास र कार्यक्रम व्यबस्थापक इरसाद अलि शेखले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बाँके, कपिलबस्तु, रौतहट, सुनसरी र सर्लाही जिल्लाहरुका ग्रामिण क्षेत्रका नागरिकहरुलाई लक्षित गरि बिभिन्न आँखा शिबिरहरुको आयोजना गरी २ हजार २ सय मोतिया बिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ । आँखा शिविर तथा शल्यक्रियाका लागि आर्थिक सहयोग कतार च्यारिटीले गर्नेछ भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघले गर्नेछ ।
उक्त सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रले कतार च्यारिटी जस्तै दातृ निकायहरुको सहयोग र सहकार्यमा सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण हुने विश्वास व्यक्त गरे ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै कतार च्यारिटीका कन्ट्रि डाईरेक्टर मोहम्मद बकासले च्यारिटीले बिगत ५ बर्ष देखि शिक्षा, स्वास्थ्य, खानपानी र जिविको पार्जन क्षेत्रमाकार्य गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा मोतिया बिन्दुको सर्जरी मार्फत दृष्टि पुर्नस्थापनाका लागि नेत्रज्योति संघसंग यो सम्झौता गरिएको र यसबाट २ हजार भन्दा बढि बिरामीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए ।
अहिले पनि नेपालको आँखा उपचार सेवा सस्तो र गुणस्तरिय भएकाले विभिन्न देशका नागरिकहरु नेपालमा आँखा उपचार गराउन आइरहेको भन्दै संघका महासचिव भरत बहादुर चन्दले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सहित संघले आफ्ना कार्यक्रमहरु अगाडी बढाइरहेको बताए ।
उक्त कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रा.डा चेतराज पन्तले कतार च्यारिटी संगको सहकार्यले आर्थिक अभावकै कारण आँखा उपचारबाट बन्चित नागरिकहरुले निःशुल्क आँखा उपचार प्राप्तगर्न सक्ने विश्वास समेत ब्यक्त गरे ।
संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखाउपचार केन्द्र र ४४ वटा जिल्लाशाखाहरु मार्फत सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ भने विभिन्न दातृ निकाय, नेपाल सरकार तथाविभिन्न स्थानिय तहहरु संघको सहकार्यमा बार्षिक हजारौँ निशुल्क आँखाजाँच तथा शल्यक्रिया शिबिरहरु संचालन गर्दै आइरहेको छ ।
त्यस्तै कतार च्यारिटीले ‘नेपाल एकिकृत विकास कार्यक्रम(एनआईडिपी)–२’ परियोजना अन्तरर्गत नेपालका विभिन्न ९ जिल्लाहरुमा स्थानिय साझेदारहरुको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । च्यारिटीले नेपालमा बिशेषगरी उत्पादनशिलता र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: