काठमाडौं । अष्ट्रेलियामा एक महिलाको मस्तिष्कबाट जिउँदै किरा निकालिएको छ । वैज्ञानिकहरुले ती महिलाको दिमागबाट आठ सेन्टिमिटर लामो किरा जिउँदै निकालेका हुन् ।
यो घटना विश्वमै पहिलो पटक भएको बताइएको छ । गत वर्ष क्यानबेरामा भएको ती महिलाको सर्जरीका क्रममा दिमागको अगाडिको भागबाट तारजस्तो देखिने वस्तु निकालिएको थियो। अहिले भने रातो रंगको जिउँदै किरा निकालिएको हो । यो घटनाले जनावरबाट मानिसमा कसरी रोग फैलिन सक्छ भन्ने खतरनाक संकेत गरेको वैज्ञानिकहरुले बताएका छन् ।
क्यानबेरा अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर सञ्जया सेनानयेकले बीबीसीसँग भने,-' डाक्टरहरुले ती महिलाको मस्तिष्कमा एउटा असामान्य चिज देखे। त्यसलाई निकालेर हेर्दा आठ सेन्टिमिटर लामो रातो रंगको किरा देखियो । अपरेसन थिएटरमा रहेका सबै आश्चर्यचकित भए। यो एकदमै नयाँ संक्रमण हो। कुनै पनि मानिसमा अहिलेसम्म यस्तो संक्रमण भएको इतिहास छैन।'
डाक्टरहरुका अनुसार यस्तो खालको किरा सामान्यतया अष्ट्रेलियामा पाइने कार्पेट पायाथोन नामक सर्पमा पाइन्छ। ती महिलाले यस्तो सर्प पाइने पोखरी आसपास उत्पादन भएको सागसब्जी खाएको र उनको दिमागमा यस्तो किरा पुगेको अनुमान छ ।
ती महिलालाई २०२१ को अन्त्यतिर अस्पताल भर्ना गरिएको थियो। अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएकाे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: